• Tuesday, June 10, 2025

पर्यटन विकासका लागि रु ५२ लाख विनियोजन

हेटौँडा, फागुन १४ गते । मकवानपुर कैलाश गााउँपालिका–२ स्थित वैकुण्ठलाई पर्यटकीय क्षेत्रका रुपमा विकास, विस्तार एवं संरक्षण गर्न रु ५२ लाख ३० हजार बजेट विनियोजन गरी विभिन्न संरचना निर्माण कार्य शुरु भएको छ ।

बजेट विनियोजनसँगै कैलाश वैकुण्ठ पर्यटन विकासका लागि डिपिआरदेखि तामाङ सङ्ग्रहालय निर्माणलगायतका काम शुरु गरेको बताइएको छ । वैकुण्ठबाट कैलाश गाउँपलिकाको सम्पूर्ण वडाको अवलोकन गर्न सकिन्छ भने एतिहासिक विष्णु कुण्ड गुफालाई पनि अवलोकन गर्न सकिन्छ ।

सो गाउँपालिकाको अध्यक्ष टङ्क मुक्तानका अनुसार कैलाश वैकुण्ड पर्यटन विकासको डिपिआर, तामाङ सङ्ग्रहालय र विष्णु कुण्ड प्रतिक्षालय निर्माण तथा रानीपोखरीको पर्यटन विकासको डिपिआर निर्माणको कार्य पनि शुरु भएको छ ।

मकवानपुरको थाहा नगरपालिकाबाट करीब तीन घण्टाको दूरीमा कैलाश वैकुण्ठ पुग्ने बताइन्छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको वैकुण्ठमा धादिङ, चितवन तथा काठमाडौँलगायतका पर्यटक आउने वातावरण रहेको कैलाश–२ का राम घिसिङले बताउनुभयो ।

यसैबीच पर्यटकको सुविधाका लागि वैकुण्ठमा स्थानीयवासीको सहयोग र लागानीमा करीब दुई दर्जन घरवास निर्माण शुरु गरिएको गाउँपालिका–२ का वडाध्यक्ष राजेन्द्र घिसिङले भन्नुभयो । त्यस्तै कैलाश गाउँपालिका– ६ गल्छीमा बुद्धको मूर्ति पनि स्थापना गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter