• Monday, June 09, 2025

मेलम्ची आयोजनाको ढिलाइप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन १५ गते । राष्ट्रियसभाका सांसदहरुले मेलम्चीको खानेपानी काठमाडौँमा ल्याउन भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले सरकारलाई घाटा नपर्ने गरी जतिसक्दो चाँडो आयोजना सम्पन्न गरी काठमाडौँवासीसमक्ष खानेपानीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सांसद दिलकुमारी थापा रावलले भन्नुभयो, “अहिलेसम्म पनि मेलम्चीको पानी काठमाडौँसम्म किन आउन सकेन ?, किन अन्यौल भइरहेको छ, जतिसक्दो चाँडो काम सम्पन्न गर्नका लागि म सम्बन्धित निकायसँग आग्रह गर्दछु ।”

सांसद जीतेन्दनारायण देवले ललितपुर नख्खुस्थित एनसेलको कार्यालय र देशका विभिन्न स्थानमा भइरहेको बम आतङ्कलगायत हत्या हिंसा बढ्दै गएको भन्दै सरकारको ध्यानाकषर्ण गराउनुभयो । उहाँले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबारे सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दृष्टिकोण माग गर्नुभयोे ।

सांसद नन्दा चापागाईंले देशमै युवालाई स्वरोजगारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद प्रकाश पन्थले १४० मेघावाटको तनहुँ जलविद्युत् आयोजनाको सम्झौता इटालियन निर्माण कम्पनी सीएमसीसँग भएकामा नेपाल छोडेर फर्केको, सुरक्षाको प्रश्न उठाएकाले पछिल्लो बमकाण्डले विदेशीलाई लगानीका लागि निरुत्साहित गरेको बताउनुभयो । तनहुँ जलविद्युत् आयोजना सिध्याउने खेल पहिल्यैदेखि भइरहेकाले सचेत हुन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले सडक दुर्घटना बढ्दै गएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुहुँदै दुर्घटनाकै कारण पछिल्लोपटक प्रदेशसभा सदस्य उत्तरकुमार वलीको समेत निधन भएको प्रसङ्ग उल्लेख गर्दै दुर्घटना न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद कालीबहादुर मल्लले जाजरकोटमा सुनखानी भएको प्रमाणित भएकामा राज्य बेखबर बनेको उल्लेख गर्नुहुँदै सङ्घीय सरकारले जिम्मा लिई उत्खनन गर्नुपर्ने माग गर्नुभयो । जाजरकोटको नून, फलाम खानी पनि उत्खनन गर्न उहाँले जोडदार माग गर्नुभयो । १०० वर्षसम्म पुग्ने फलाम जाजरकोटबाटै उत्पादन हुने सांसद मल्लको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter