विकासका लागि हातेमालो गर्न महानगर तयार ः चिरिबाबु महर्जन

ललितपुर, फागुन १६ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताउनुभएको छ ।

महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो २० महीनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके । राजनीतिक रुपमा आफू अल्पमतमा रहे पनि एउटा पनि विवाद छैन ।”

वडा नं १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले स्थानीय विकास निर्माणमा पूर्ण पारदर्शिता अपनाएमा बजेटको अभाव नहुने बताउनुभयो । कार्यक्रममा मगरगाउँ पीपलबोट सडक निर्माण उपभोक्ता समितिको अगुवाइमा मगरगाउँदेखि सानो खोकनासम्मको सडक निर्माण सम्पन्न भएको जानकारी गराइयो । उक्त सडक निर्माण गर्न महानगरपालिका र स्थानीय उपभोक्ताको चन्दाबाट करीब रु ३२ लाख प्राप्त भएको समितिले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter