प्रम हुरीबतास प्रभावित क्षेत्रमा – राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन; तिमृतक परिवारलाई रु ३ लाख राहत

काठमाडौँ, चैत १८ गते । । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिनुभएको थियो ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गर्नुभएको छ ।

तिमृतक परिवारलाई रु ३ लाख राहत

प्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो ।

प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च व्यहोर्ने निर्णय गरेको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । उहाँले हुरीमा परी क्षति भएका घरलाई पुनःनिर्माण गर्न प्रदेश सरकारले आर्थिक सहयोग दिनेसमेत निर्णय गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter