दुई सय टन धुलो सङ्कलन

काठमाडौँ, चैत १८ गते । काठमाडौँ महानगरपालिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।

गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बु्रमरले सडक सफा गर्दा समस्या आएपछि खाल्डाखुल्डी पुर्न सडक विभागसँग आग्रह गरेको छ । खाल्डाखुल्डी नभए नियमित सहजतापूर्व काम हुने हुँदा तत्काल समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

सडकको मुख्य स्थान न्युरोण, रत्नपार्क, जमल, कालीमाटी कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्नका आग्रह गरेको हो । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । महानगरसँग यसअघि रहेको एक बु्रमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको थियो ।

गत असारमा गरिएको बोलपत्रका आधारमा उक्त यन्त्र ल्याइएको हो । काठमाडौँका सडकमा माटो धेरै भएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागसँग छलफल गरिरहेको छ । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा छन् । ती ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको छ । ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुनधारास्थित धरहरा, दरबार हाईस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगरको वातावरण विभागले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter