• Tuesday, June 10, 2025

तीनसय वर्ष पुरानो पोखरीमा भरियो पानी

भक्तपुर, चैत २७ गते । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हँुदै आएको थियो ।

तर निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नुभएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले लिएको सङ्कल्प यतिखेर धमाधम पूरा हुन थालेका छन् । जसमध्ये नमूनाको काम हो, ‘निगु पुखुः’ अर्थात दुई पोखरीको पुनरजीवन । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भूलिसकेका थिए, यो ठाउँको नाम नै दुई पोखरी भइसकेको थियो । तर यसवर्षको विष्का जात्रालाई लक्षित गरी नगरपालिकाले कम्तीमा एउटा पोखरीको पुनरनिर्माण गरी पानी भर्ने सङ्कल्प लिएर गरेको काम सफल भएसँगै आज बिहानबाट पानी भरेर पोखरीलाई पूर्णता दिएको छ ।

पानी भरिएर पुनरजीवन पाएसँगै ३०० वर्ष पुरानो ऐतिहासिक यो पोखरीको पुरानो नाम ‘निगु पुखुः’ले पनि पुनरजीवन पाएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउनुहुन्छ । करीब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको भन्ने जनश्रुति रहेको स्थानीय बताउँछन् ।

नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरे पनि पुनरनिर्माणका क्रममा भने रु ६० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।

निगु पुखुः पुनःनिर्माण तथा गुरुयोजना उपभोक्ता समितिले विष्का जात्रालाई लक्षित गरी दक्षिण तर्फको पोखरी पुनरनिर्माण सम्पन्न गरेको र अब उत्तरतर्फको पोखरीको पनि पुनःनिर्माण शुरु गरिने उहाँले जानकारी दिनुभयो । नगर प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न गर्नेगरी दुई पोखरी पुनःनिर्माणका लागि रु १५ करोडको लागत अनुमान तयार गरेको छ । यसअन्तर्गत पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा आठ वटा फल्चा अर्थात पाटी निर्माण गरिने भएको छ ।

स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुईपोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको हो । त्यसपछि पोखरी संरक्षण हुन नसके पनि २०६५ सालमा नगरपालिकाले फलामे बार लगाएर संरक्षणको प्रयास गरेको थियो ।

स्थानीयवासीका लागि पानीको स्रोत र कतै आगलागी भएमा सोही पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुईवटा पोखरी निर्माण गराएको स्थानीयवासीको भनाइ छ । अहिले थिमिकै बोरिङबाट पानी ल्याएर भरिएको र आगामी दिनमा आकाशेपानी सङ्कलन गरी पोखरीलाई जीवित राखिने योजना रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter