• Tuesday, June 10, 2025

ज्येष्ठ नागरिक र एकल महिला सम्मानित

ललितपुर, चैत २८ गते । गोदावरी, बडिखेलकी ९० वर्षीया टीकादेवी घिमिरे पहिलो पटक सार्वजनिक स्थानमा सम्मानित हुन पाउँदा खुशी देखिनुहुन्थ्यो । उहाँले पहिले त अरुको सामुन्ने आफूलाई मात्र किन मञ्चमा आसन ग्रहण गराएको होला भनेर पत्तोसमेत पाउनुभएन ।

आफूलाई लगाइदिएको माला र दोसल्ला नियाल्दै उहाँ जीवनमा पहिलो पटक यस्तो क्षण मिलेको भन्दै मख्ख देखिनुहुन्थ्यो । गोदावरी नगरपालिका ४ नं वडा कार्यालयले वडामा रहेका ७० वर्षमाथिका नागरिक र हरेक उमेर समूहका एकल महिलालाई सम्मान कार्यक्रम आयोजना गरेको थियो । उक्त अवसरमा सहभागी घिमिरेजस्तै विभिन्न उमेर समूहका कूल ११४ ज्येष्ठ नागरिक र ७९ एकल महिलासमेत खुशी देखिन्थे ।

माला, दोसल्ला, मिठाइ र फलफूलबाट सम्मानित उहाँहरु वडा कार्यालयले पहिलो पटक गरेको कार्यक्रममा एकापसमा खुशी साटासाट गर्दै हुनुहुन्थ्यो । सतहत्तर वर्षीया सावित्री आचार्यले पहिलो पटक समाजमा अरुको सामुन्ने सम्मानित हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । “बूढेसकालमा वडाले नसोचेको काम ग¥यो”, उहाँले भन्नुभयो, “हामी डाँडामाथिको जूनले यस्तो अवसर पाउँछौँ भन्ने कहिले सोचेका थिएनौँ ।”

उहाँहरुलाई छोरानाति र छोरीबुहारीले हँसीमजाक गर्दै कसैलाई सवारी साधन त कसैलाई डोहो¥याएर र कतिलाई साथी लागेर सम्मानस्थलसम्म ल्याइदिनु भएको थियो ।

प्रदेशसभा सदस्य लालकुमारी पुनले एकल महिलाको सहयोगमा वडा कार्यालयले सधैँ तत्पर रहनुपर्नेमा जोड दिनुभयो । “ज्येष्ठ नागरिक समाजका इतिहास हुन्”, पुनले भन्नुभयो, “यी व्यक्ति ज्ञान, सीप र अनुभवका भण्डार हुनाका साथै घर, परिवार, समाज, राष्ट्रका पथप्रदर्शक र प्रतिष्ठा पनि हुन् । ”

गोदावरी–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले वर्षैपिच्छे बडिखेलका ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेर उहाँहरुको जीवनमा ऊर्जा थप्ने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका अध्यक्ष प्रतिमा घिमिरेले ज्येष्ठ नागरिक र एकल महिला भार नभई समाजका शृङ्गार भएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter