• Friday, May 23, 2025

प्रदेश सरकारको बिदामा केन्द्र मातहतका कार्यालय पनि बन्द हुने

काठमाडौं- प्रदेश सरकारले दिएको सार्वजनिक बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने भएको छ। सरकारले प्रदेश सरकारले दिएको बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यसअघि केन्द्र सरकारले दिएको बिदा केन्द्र मातहतका कार्यालयलाई मात्र लागू हुने भएको भए पनि अब केन्द्र मातहतका कार्यालयमा पनि लागू हुने बताए।

यस्तै मन्त्री बाँस्कोटाले समायोजनमा चित्त नबुझाएका डाक्टरहरुलाई हड्ताल नगर्न आग्रह गरेका छन्। उनले हड्ताल गर्दा डाक्टरहरुले आफ्नो मर्यादा रहन्छ कि रहँदैन भन्दै प्रश्नसमेत गरे। ‘समायोजनको अभ्यास गरिरहेका बेला केही समस्याहरु आएका छन् भने हामी समस्या समाधान गर्छौं’, उनले भने, ‘तर सेतो बर्दि लगाएर एकैपटक आन्दोलनमा जानु ठीक भएन।’ उनले जहाँ जनता हुन्छन् त्यहाँ डाक्टरहरुले सेवा पुर्याउनुपर्ने बताए।

यस्तै सरकारी जग्गा व्यक्तिको नाममा गएको प्रकरणका विषयमा समेत मन्त्री बाँस्कोटाले बोलेका छन्। ‘सरकारी जग्गा व्यक्तिको नाममा जान्छ भने कुनै टोलरेन्स हुँदैन। सरकारले फिर्ता ल्याउँछ’, मन्त्री बाँस्कोटाले भने।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter