• Wednesday, May 28, 2025

विद्यालय भर्ना अभियानलाई सफल पार्न स्थानीय तहलाई निर्देशन

काठमाडौँ, चैत ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आगामी सोमबारबाट हुने विद्यालय भर्ना अभियानलाई सफल गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको सचिवस्तरीय बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई सरकारले सञ्चालन गर्ने ‘विद्यालय भर्ना अभियान’ लाई सफल पार्न निर्देशन दिएको छ ।

मन्त्रालयले वैशाख १५ गतेसम्म हरेक स्थानीय तहले विद्यालय र समुदाय केन्द्रीत विभिन्न कार्यक्रम गर्न र १५ गतेपछि वैशाख मसान्तसम्म लक्षित समूह केन्द्रीय विशेष घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयका उपसचिव विदुरराज गिरीले जानकारी दिनुभयो ।

मन्त्रालयले सबै स्थानीय तहलाई चार वर्ष उमेर पूरा गरेका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षा कक्षामा भर्ना गराउने साथै विद्यालय शिक्षा निरन्तर सिकाइको अवसर प्राप्त नगरेका विद्यालय उमेर समूहभन्दा बढी उमेर भएका प्रत्येक व्यक्तिलाई नियमित तथा वैकल्पिक सिकाइ अवसर प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

विशेष आवश्यकता भएका सबै किसिमका बालबालिकालाई उमेर अनुसार मिल्दो सिकाइ स्थल निःशुल्क भर्ना व्यवस्था मिलाउने समेत निर्देशन दिइएको उहाँले जानकारी गराउनुभयो ।

आफ्नो क्षेत्रमा विद्यालय बाहिर रहेका हरेक समूहका बालबालिकाको नामको विवरणको आधारमा विद्यालयमा भर्ना गर्ने र निरन्तर रुपमा टिकाउनका लागि कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ ।

यस्तै जिल्लाको औसत खुद भर्ना दरभन्दा कम रहेका गाउँपालिका, नगरपालिका, वडा तथा पिछडिएको क्षेत्रअन्तर्गतका खास बस्ती पहिचान गरी सरोकारवाला सबैसँगको समन्वय र सहकार्यमा सधन रुपमा कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहले आफ्नो वेवसाइटमा ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ,’ भन्ने आर्दश बाक्यलाई राख्ने व्यवस्था मिलाउन समेत भनेको छ ।

स्थानीय तहले कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा भर्ना हुने सबै बालबालिकालाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने, कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई रङ्गिन पुस्तक उपलब्ध गराउने गरी प्रभावकारी विवरण प्रणालीसहितको कार्ययोजना बनाई कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीय रेडियो, एफएम तथा पत्रपत्रिकामा विद्यार्थी भर्ना अभियान सम्बन्धी सार्वजनिक सन्देश, भर्ना अभियानसम्बन्धी गीत, लेख, रचना आदि स्थानीय भाषामासमेत प्रशारण तथा प्रकाशनको व्यवस्था गर्नुपर्ने र सामाजिक अभियन्ता, शिक्षाप्रेमी र समाजसेवी, राजनीतिकर्मी र इच्छुकव्यक्ति तथा संस्थालाई भर्ना अभियानमा सरिक हुन आह्वान गरी अभिभावकत्व समेत व्यवस्था मिलाउने स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयले विसं २०६१ देखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter