प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता हुन्छ : मन्त्री बाँस्कोटा; मन्त्रिपरिषदद्वारा सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन

काठमाडौँ, वैशाख ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा मन्त्री बाँस्कोटाले पछिल्लो पटक ‘ताण्डवन्यूज डटकम’का सम्पादक अर्जुन गिरीलाई पक्राउ गर्नु दुःखद् घटना भएको बताउनुभयो ।

सोही अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रकाशित र प्रसारित समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोवार ऐनअन्तर्गत पक्राउ गर्न नहुने बताउनुभयो ।

महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गर्दै मन्त्री बाँस्कोटा समक्ष ज्ञापन पत्र समेत प्रस्तुत गरेको छ ।

महासङ्घले गृह मन्त्रालयमा समेत ज्ञापन–पत्र बुझाएको छ ।

मन्त्रिपरिषद्वारा सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन

मन्त्रिपरिषदले सरकारका सचिवहरुको बढुवा तथा पदस्थापन गरेको छ । चैत २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रशासन सेवाको समुहीकरण (क्ल्स्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणिको पदमा राजपत्राङकीत प्रथम श्रेणीका सहसचिव हरिप्रसाद बस्याललाई बढुवा गरेको हो ।

उनलाई बढुवासँगै पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवका रुपमा पदस्थापन गरेको छ । त्यस्तै सरकारले सचिव केवल भण्डारीलाई कर्णली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख सचिवमा पदास्थापन गरेको छ ।

मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पदस्थापन गरेको छ भने कर्णाली प्रदेशको मुख्यमनत्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ । प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालका प्रमुख सचिव केदार न्यौपानेलाई काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र महानगरका यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मनत्रालयको सचिवको जिम्मेवारी दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter