सूचीकृत हुने समय फेरि थपियो

सीता शर्मा / काठमाडौँ, वैशाख ६ गते । सरकारले रोजगारदाता तथा श्रमिक आपूर्तिकर्तालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने समय थप गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा कोषले यसअघि घोषणा गरेको समयमा सूचीकृत हुन रोजगारदाताले आनाकानी गरेपछि सरकारले यो समय असार मसान्तसम्मका लागि थप गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना सूचीकरणमा रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता संस्थाहरूको आबद्धता खासै उत्साहजनक देखिएका छैन । काठमाडौँ उपत्यकाका तीन जिल्ला, प्रदेश १, २, ३, ४ र ५ का लागि यसअघि तोकिएको समयसीमा (तीन महिना) सकिँदासमेत यस योजनामा सूचीकृत हुनेको सङ्ख्या उत्साहपूर्ण रहेको पाइएन । कर्णाली र प्रदेश ७ मा यस्तो समय वैशाख १५ गतेसम्म छ ।

सूचीकृत हुन आएका रोजगारदाता र तिनीहरूकोमा काम गर्ने श्रमिकको सङ्ख्या हेर्दा सन्तोषजक नभएकाले सूचीकृत हुने समय पुनः असार मसान्तसम्म थप गरिएको छ, कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले भन्नुुभयो ।

उहाँले श्रम ऐन र सामाजिक सुरक्षा ऐनबीच कतिपय विषयमा तालमेल नहुँदा पनि रोजगारदाता सूचीकरणमा आउन नसकेको देखिएकाले पछिल्लोपटक कोषले नीतिगत सुधारका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । रोजगारदाता सूचीकरणका लागि नीतिगत रूपमै सुधार गर्नुपर्ने सुझाव आएको र त्यसका आधारमा कार्यदलले काम गरिरहेको छ, उहाँले स्पष्ट पार्नुभयो ।

कोषका अनुसार पहिलो चरणमा मङ्सिर ६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताको सूचीकरण सुरु गरेको थियो । काठमाडौँ उपत्यकाबाहिर प्रदेश नम्बर ३ का रोजगारदाताको सूचीकरण मङ्सिर १५ गतेदेखि, प्रदेश नम्बर १ का रोजगारदाताको सूचीकरण पुस १ गतेदेखि, प्रदेश नम्बर २ का रोजगारदाताको सूचीकरण पुस १५ गतेदेखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताको सूचीकरण माघ १ गतेदेखि, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाताको सूचीकरण माघ १५ गतेदेखि सुरु गरेको थियो । samajik

रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ता सूचीकरण हुन सुरु भएको तीन महिनाभित्र सूचीकृत भइसक्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ । यस्तै सूचीकृत भएका रोजगारदाता संस्थाले आफू सूचीकृत भएको तीन महिनाभित्र आफ्नोमा काम गर्ने कर्मचारी र श्रमिकको सूचीकरण गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

कार्यकारी निर्देशक अधिकारीका अनुसार कोषमा अहिलेसम्म दुई हजार ४२१ रोजगारदाता संस्था सूचीकृत भएका छन् भने ती रोजगारदाताको संस्थामा काम गर्ने तीन हजार ७४० कर्मचारी तथा श्रमिक छन् । सरकारले गत मङ्सिर ११ गते औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । यो कार्यक्रमको घोषणासँगै श्रमिक खुसी मात्रै भएनन् उनीहरूले यसको खुलेरै प्रशंसासमेत गरेका थिए ।

त्यसो त सामाजिक सुरक्षा ऐन, २०७४ मा तोकेको समयभित्र सूचीकृत हुन नआउने रोजगारदाता कम्पनीको नवीकरण रद्द गरिनुका साथै त्यस संस्थाले पाउने सम्पूर्ण सरकारी सेवा सुविधाबाट वञ्चित गरिने व्यवस्था छ ।

कम आकर्षित हुनुको कारण

नयाँ कार्यक्रममा भएकाले कतिपयले बुझ्न नसकेकोले पनि सङ्ख्या कम भएको हुनसक्ने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ । उहाँका अनुसार केही ठूला रोजगारदाताले दिँदै आएको सेवा सुविधाभन्दा यो कम हुने र साना रोजगारदाताले दिएको सुविधाभन्दा धेरै नै धेरै भएकाले धान्न नसक्नेजस्ता समस्या देखिएकाले सूचीकरणमा आउन अन्योल देखिएको हो । यद्यपि, पछिल्लो समय रोजगारदाताको अत्यधिक चासो देखिएको र सूचीकृतका लागि बुझ्न आउने क्रम पनि बढेको उहाँले जानकारी दिनुभयो ।

सूचीकृत हुने समय सीमा

उपत्यकाका तीन जिल्ला, प्रदेश ३ र प्रदेश १ बाहेक प्रदेश २ का रोजगारदातालाई पुस १५ देखि चैत १५ गतेसम्म, गण्डकी प्रदेश र प्रदेश ५ का रोजगारदातालाई माघ १ गतेदेखि वैशाख १ गतेसम्म सूचीकृत हुने समयसीमा तोकिएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिमाञ्चल प्रदेशका रोजगारदाता संस्था वा श्रमिक आपूर्तिकर्तालाई माघ १५ गतेदेखि वैशाख १५ गतेभित्र सामाजिक सुरक्षा कोषमा निवेदन दर्ता गराउनुपर्ने गरी समयसीमा तोकिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter