• Tuesday, April 08, 2025

तीन वर्षभित्र गुणस्तरीय शिक्षा : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गर्नुभएको छ । एशियाली विकास बैंक (एडीबी)को रु छ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुलुकमा रहेका सम्पूर्ण स्रोतसाधान उपयोग गर्न प्राविधिक शिक्षा आवश्यक छ, यसप्रति सरकारको विशेष ध्यान गइरहेको छ ।” मन्त्री बाँस्कोटाले शिक्षा सामाजिकीकरण र व्यव्हारिक हुनुपर्ने बताउँदै भन्नुभयो, “शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्दछ, यसले आत्मनिर्भरतालाई प्रोत्साहित गर्दछ”, परिमार्जित शिक्षाले मानिसलाई संस्कारप्रति बफादार बनाई श्रमप्रति सम्मान गर्ने उहाँको दाबी थियो ।

सांसद गङ्गाबहादुर तामाङले मुलुक निर्माणको चरणमा रहेकाले जनतासँगका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । प्रदेशसभा सदस्य रत्न ढकालले शिक्षा उत्पादन र समृद्धिउन्मुख हुनुपर्ने धारणा राख्नुभयो । गाउँपालिका अध्यक्ष दीननाथ गौतम र विद्यार्थी नेता दीपक गौतमले संविधानमा सुनिश्चित गरिएको मौलिक हकका अधिकारबाट कोही पनि बञ्चित नभएको बताउनुभयो । मन्त्री बाँस्कोटाले शुक्रबार नै स्वीटजरल्याण्डस्थित तेर दे जोम ९टीडीएच० नामक गैरसरकारी संस्थाको करीब रु सात करोडको सहयोग तथा किर्डाक संस्थाको समन्वयममा भुम्लु गाउँपालिकाको सल्लेभुम्लु, फलाँटे र भुम्लुटारमा निर्मित तीन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter