• Monday, June 16, 2025

पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालन

काठमाडौँ, वैशाख १५ गते । केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको नेपालको पहिलो एकीकृत तथ्याङ्क पोर्टल सञ्चालनमा आएको छ ।

राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेशनलडाटा डट जिओभी डट एनपी’ को शुभारम्भ गर्नुभएको हो ।

सङ्घ, प्रदेश र स्थानीय तहका भूगोल, प्रकृति, स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्य आदिका आधारमा तथ्याङ्क प्रशोधन गरिएको सो पोर्टल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रममध्ये आयोगको जिम्मेवारीमा परेको एक महत्वपूर्ण कार्य हो ।

विभागका महानिर्देशक सुमन अर्यालले राष्ट्रिय तथ्यगत विवरण तयारीको क्रममा खुल्ला तथ्याङ्कको सिद्धान्तका आधारमा सो पोर्टल सञ्चालन गरिएको जानकारी दिँदै देशको भूगोल, प्रकृति, स्रोत साधन, सम्भावना र दिगो विकास लक्ष्यका विविध विषयका तथ्याङ्कमा सर्वसाधारणको पहुँच हुने बताउनुभयो । पोर्टलमा सम्बन्धित निकाय र तहले तथ्याङ्क भर्ने र ताजगीकरण गर्नेछन् ।

बैठकमा आगामी पन्ध्रौ आवधिक योजनाको मस्यौदा अवधारणापत्रलाई अन्तिमरुप दिने कार्यसूची पनि छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter