सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि गाउँमा रौनक बढ्यो

गलेश्वर वैशाख १६ गते । मुलुक सङ्घीयतामा गएसँगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँमा रौनक बढ्न थालेको छ ।

स्थानीय निकाय बलियो बन्दै जानु, बैंक तथा वित्तीय संस्थाले ग्रामीण बस्तीमा सेवा विस्तार गर्नु, सञ्चार, स्वास्थ्य, बजार र ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार भएपछि छोराछोरीलाई पढाउन, ब्यापार व्यवसाय गर्न वा सुविधाको खोजीमा शहर झरेका मानिस पनि गाउँ फर्कन थालेका छन् ।

दुईवर्ष अघिसम्म भाडामा कोठा पाइनसमेत हम्मेहम्मे पर्ने बेनी बजारमा अहिले कैयौं घर रित्ता भएका छन् भने सटर खालीखाली छन् । मानिसको चहलपहल घटेसँगै बेनी बजारमा सञ्चालित व्यवसायले दैनिक गर्नेे लाखौंको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि सदरमुकाम बेनीबजार सुनसान जस्तै हुन थालेको छ ।

“सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै त्यहाँ विकाससँगै रौनक बढेको छ । ५० मिटर पाइपका लागि सिफारिस लिन सदरमुकाम धाउनुपर्ने बाध्यताको अब अन्त्य भएको छ”, बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले भन्नुभयो,“अब स्थानीय तह नै बलिया भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ ।”

सदरमुकाम छाडेर गाउँ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन, सङ्घीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमङ्ग छाएको पाइन्छ । गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यवसायमात्रै होइन, सरकारी अड्डासमेत विगतको तुलनामा अहिले सुनसान देखिन थालेको छ । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।

सङ्घीयताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवतजावतमा कमि आएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव लीलाराम गौतमले बताउनुभयो । अहिलेसम्म उद्योग धन्दा निरन्तर चले पनि व्यापारमा भने निक्कै कमि आएको महासचिव गौतमको बुझाइ छ ।

ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरीदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यातायातको सुविधा गाउँघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तु सोही मूल्यमा आफ्नै घरपायकमा पाइन थालेका छन् । यसबाहेक सरकारी कामकाज लिएर आउनुपर्ने जिल्लावासीको बाध्यता सङ्घीयता कार्यन्वयनसँगै टरेको छ ।

स्थानीय तहमा सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन । सदरमुकामबाट हुने धेरैजसो काम गाउँमै हुने हँुदा सदरमुकामको व्यापार खुम्चिने र गाउँबस्तीमा चहलपहल देखिन थालेका हुन । लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउँदै सदरमुकाममै थन्किएका थिए ।

निर्वाचनपछि स्थानीय तहका कामकाज चुस्तसमेत देखिन थालेका छन् । सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकामतर्फ लाग्ने सेवाग्राहीको भीड आजभोलि सबै गाउँपालिका तथा वडातिर फर्किएको छ । स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन् ।

सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी, होटलजस्ता व्यवसाय भने सङ्कटमा परेका छन् । बरु स्थानीय तहका सदरमुकाम भने व्यस्त देखिन थालेका छन् । सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार सुस्ताउँदा स्थानीय सदरमुकाम क्षेत्रका जग्गाको मूल्य पनि आकासिएको छ । म्याग्दीका दरवाङ, तातोपानी जस्ता स्थानीय बजार अहिले चम्किएका छन् ।

ससदरमुकाम केन्द्रित राजनीति व्यापार वा जागिरमा लागेका अधिकांश मानिस अहिले आ–आफ्ना स्थानीय तहमा स्पेस (ठाउँ) बनाउन खोजिरहेका छन् ।

सङ्घीयताले सरकारी कामकाज स्थानीय तहमा पुग्दा सदरमुकाम आउनेहरुको चाप घटेपनि गुणस्तरीय स्वास्थ्य, शिक्षा रोजगारजस्ता सेवा पूर्णतः स्थानीय तहसम्म पुग्न समय लाग्ने भएकाले सदरमुकाम आउने मानिसको सङ्ख्या चर्चा गरेजस्तै नघट्ने बताउनुहुन्छ, म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जीवनकुमार विश्वकर्मा । बेनीबजार मुक्तिनाथ प्रवशद्वार, धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएकाले स्थानीयवासीको अभाव पर्यटक भित्र्याएर पूरा गर्न सकिने उहाँको बुझाइ छ ।

तीन क्वीन्टल गाँजा नष्ट
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनको छिस्वाङमा खेतबारी र वरिपरिका छेउछाउमा फैलिएको गाँजालाई स्थानीयवासीको पहलमा नष्ट गरिएको छ ।

झन्डै तीन रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रिएको तीन क्वीन्टल गाँजाका बिरुवा फँडानी गरी आगो लगाई नष्ट गरिएको प्रहरीले जनाएको छ । यसअगाडि गाउँपालिका तथा वडाका जनप्रतिनिधिको सक्रियतामा अर्मनकै करसिम्ला, खारपानी, छिस्वाङ, तातोपानी लगायतका स्थानमा प्राकृतिक रुपमा उम्रेर फैलिएको गाँजाका बोट नष्ट गरिएको थियो ।

स्थानीय युवा क्लब, आमा समूहसहितको सक्रियतामा अर्मनमा गाँजा फँडानी अभियानकै रुपमा सञ्चालन भइरहेको छ । दुव्र्यसनमुक्त समाज बनाउने प्रहरीको अभियानलाई निरन्तरता दिन गाँजाको बोट नष्ट गर्ने गरिएको वडाध्यक्ष भुपेन्द्रबहादुर केसीले बताउनुभयो ।

गाउँमा व्यवसायिक भन्दा पनि प्राकृतिक रुपमा फैलिएका बोटलाई दुरुपयोग गर्दै गाउँ तथा आसपास क्षेत्रका साथै दुव्र्यसनीमा फसेकाको नजर पर्नसक्ने सम्भावनलाई मध्यनजर गरी यो अभियानलाई निरन्तरता दिएको स्थानीयवासीको भनाइ छ ।

पछिल्लो समय स्कुले बालबालिका समेत कुलतमा फस्न थालेपछि प्रहरीले सहरदेखि ग्रामीण क्षेत्रसम्म गाँजासहित लागुपदार्थ दुव्र्यसनीलाई नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । गाँजा नष्ट गर्ने क्रममा प्रहरीले गाँजाका बोट देखेमा जानकारी गराउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ । –धु्रवसागर शर्मा/रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter