प्रहरीद्वारा अपहरित बालकको उद्धार

काठमाडौँ, वैशाख १५ गते । बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ ।

गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ । महादेवा गाउँपालिका–२ अकबरपुरका भोलेन्द्र यादवको बिहेमा जन्ती गएका उनका भाञ्जा लक्ष्मणको बिहे घरबाटै अपहरण भएपछि भोलेन्द्रले जिल्ला प्रहरी कार्यालयमा आइतबार उजुरी दिएका थिए ।

बालकको सम्बन्धमा अनुसन्धान तथा खोज तलाश गर्दा बालक हराई बेपत्ता नभई अपहरण भएको पत्ता लागेपछि प्रहरी टोली परिचालित गरी भारत बिहारबाट उद्वार गरी ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

प्रहरीका अनुसार बालकको उद्धारका लागि प्रहरी उपरीक्षक विष्टकै कमाण्डमा सादा पोशाकका २३ जना प्रहरी परिचालित गरिएका थिए । अपहरणकारीलाई घेराउ गरेपछि सिबहरस्थित एक होटलमा ल्याई बालकलाई बेवारिसे अवस्थामा छाडेको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो । बालकलाई उद्धार गर्नुअघि सप्तरी प्रहरीले नेपालका तीनलाई नियन्त्रणमा लिएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (तस्बीर संलग्न छ ।)

दुर्घटनामा एकको मृत्यु

मोटरसाइकलको ठक्करले घाइते एक साइकल यात्रीको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६५ प १३१ नम्बरको मोटरसाइकलको ठक्करले घाइते साइकल यात्री शम्भुनाथ नगरपालिका–८ बस्ने ६५ वर्षीय हरिहर मण्डलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका–७ स्थित भसराज मावि अगाडि पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले पछाडिबाट साइकललाई गए राति ठक्कर दिएको थियो । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter