रसुवागढी नाकाबाट मानसरोवर यात्रा शुरू

रसुवा, वैशाख १५ गते । रसुवागढी हँुदै चीनको भू–भागमा अवस्थित मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको छ । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु घर्तीका अनुसार मानसरोवर तीर्थका लागि फाटफुटरूपमा भारतीय तीर्थ यात्रुको आगमन भइसकेको र तीर्थका लागि रसुवागढी नाकाबाट दुई चरणमा १२ जना त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।

हेमन्त र शिशिर ऋतुको समय अर्थात मङ्सिर, पुस र माघ महीनामा परेका हिउँ पग्लिने क्रम शुरू भई आवतजावतमा सहजता आउन थालेपछि मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको बताउँदै अध्यागमन प्रमुख धर्तीले यात्रुको यात्रा अब असोज महीनासम्म चल्ने बताउनुभयो ।

यसभन्दा अगाडिको अभिलेख अध्यायन गर्दा मानसरोवर तीर्थ जाने अधिकांश यात्रु भारतीय मुलका भएका र उनीहरू रसुवागढी नाका तथा हुम्लाको हिल्सातर्फको मुख्य यी दुई नाका प्रयोग गर्ने गरेको बताइएको छ ।

काठमाडौँ पोखरा, सुर्खेत हुँदै हुम्लाको सदरमुकाम सिमिकोटसम्म प्लेन र सिमिकोेटबाट हिल्सासम्म हेलिकप्टर प्रयोग गर्नुपर्दा खर्चको व्यायभार बढ्न जाँदा पछिल्लो समयदेखि मानसरोवरका तीर्थ यात्रुले रसुवागढी नाकाबाट मोेटर प्रयोग गर्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

मानसरोवर तीर्थका लागि गत सिजनमा सात हजार २४७ यात्रुले रसुवा नाका प्रयोग गरेको अध्यागमन कार्यालय तथ्याङ्कले देखाएको छ ।
रसुवागढी नाका प्रयोग गरी मानसरोवर तीर्थ जाने भारतीय यात्रु भने पाँचदेखि सात दिनभित्र नेपाल फर्कने गरेको अध्यागमन प्रमुख घर्तीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter