• Friday, April 18, 2025

स्मार्ट भिलेज घलेगाउँमा २० औं महोत्सव सुरु

लमजुङ, वैशाख २४ गते । नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि सारिएको लमजुङको पर्यटकीय गाउँ घलेगाउँमा २० औं घलेगाउँ महोत्सव सुरु भएको छ ।

प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्धिको आधार–स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रर्वद्धन, ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नाराका महोत्सव आयोजना गरिएको । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार घलेगाउँको पर्यटन प्रवद्र्धन गर्न, पौराणिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास गर्न, प्राकृतिक स्रोतसाधनको सदुप्रयोग गर्न महोत्सव सञ्चालन गरिएको हो । महोत्सवमार्फत पौराणिक हास्तकला सामग्री तथा लोकल कृषि उपजको जगेर्ना, ग्रामीण पर्यटनको प्रचारप्रसार, पर्यटनबाट समृद्धि सम्भव छ भनी सन्देश फैलाउने र घलेगाउँलाई ‘स्मार्ट भिलेज’ को रुपमा चिनाउने उहाँले बताउनुभयो ।

पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकका अनुसार महोत्सवमा गुरुङ संस्कृति घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्र लगायतका पौराणिक नृत्य प्रदर्शनी, गुरुङ खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यालोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुति, पौराणिक हास्तकला सामग्री प्रदर्शनी, लोकल कृषि उपजको प्रदर्शनी, हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क आकर्षणको रुपमा रहेको छ । महोत्सवमा नमूना चिया बगान, तिजे उत्तरकन्या मन्दिर, पौराणिक भेडीगोठ र होमस्टे सम्बन्धी कार्यशाला गोष्ठी रहने उहाँले बताउनुभयो । महोत्सव २५ गते सञ्चालन हुनेछ ।

समुद्री सतहदेखि करीब २ हजार १ सय मिटर उचाईको क्व्होलासोंथर गाउँपालिका ३ घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ३४ घरमा संचालन गरिएको छ ।

घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । स्थानीय नदी एवं खोलाका माछा, भेडीगोठका भेडा, खसी, स्थानीय कुखुराको मासु, भेडा र माछाको सुकुटी, घरैमा उत्पादित कोदाको मदिराको स्वादसंगै कुरिलो, निउरो, बडमले, सिस्नो जस्ता परिकारले पर्यटकलाई लोभ्याएको छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दुरीमा पर्छ ।

महोत्सवको सोमबार उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले पर्यटनको माध्यमबाट देशको समृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो–‘देशको समृद्धि पर्यटन र कृषिबाट हुन्छ । कृषि र पर्यटनको विकासमा लाग्न सक्नुपर्छ ।’ प्रदेश सरकारले गाउँ–गाउँमा होमस्टे सञ्चालन गरी स्थानीयको आयआर्जन बृद्धि गर्न र आत्मनिर्भर बनाउन योजना बनाएर काम गरेको बताउनुभयो ।

नेपाल विभिन्न जातजाति, भेषभुषा र संस्कृति भएको देश भएकाले यसको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने उहाँले बताउनुभयो । ‘सबै ठाउँमा बस्ने स्थानीयको संस्कार संस्कृति फरक छ । सबै जाति एकजुट भएर यसको संरक्षण गर्नुपर्छ । आफ्नो कला संस्कृति पर्यटकलाई देखाउनुपर्छ ।’ प्रदेशभित्रका होमस्टे गाउँमा आवश्यक पूर्वाधार सडक, बिजुली, स्वास्थ्य, शिक्षा प्रदेशले पु¥याउने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter