• Sunday, April 20, 2025

गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौ : मन्त्री केसी

सुर्खेत, जेठ ९ गते । कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ ।

आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राससलाई जानकारी दिनुभयो । “हामी गरीब र भूमिहीनहरुको पक्षमा नीति तथा कार्यक्रम बनाउँदैछौँ”, मन्त्री केसीले भन्नुभयो, “यसका लागि जनस्तरबाटै सुझाव लिन र नागरिकलाई नजीकको सरकारको अनुभूति गराउन दुर्गममा पुगेका हौँ ।”

मन्त्री केसीले भन्नुभयो, “सुर्खेतबाट जनस्तरका समस्या, अभाव र आवश्यकता पहिचान हुन नसक्ने भएकोले म आफैँ दुर्गम जिल्ला डोल्पा पुगेर जनताबाट सुझाव लिएकी छु । त्यहाँ पुगेर चालू आवको कार्यक्रम कार्यान्वयन अवस्थाको अनुगमन तथा निरीक्षण गर्ने उद्देश्य पनि पूरा गरेका छौँ ।” भूगोलको अध्ययनसमेत गरेको बताउँदै उहाँले अनुगमन गरिएका चालू आवका कार्यक्रमहरुको प्रभावकारिताबारे समीक्षा गरी नयाँ मोडेलबाट अघि बढ्ने बताउनुभयो ।

उहाँका अनुसार भूमि व्यवस्था मन्त्रालयले सुर्खेत दैलेखसहित साबिक कर्णालीका पाँच जिल्लाबाट सुझाव लिइसकेको छ ।

डोल्पालाई उपल्लो, मध्य र तल्लो डोल्पामा विभाजन गरेर कार्यक्रम लागू गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको जनाइएको छ । भूगोल र बस्तीको अवस्था हेरेर स्थानीय आवश्यकता र प्रस्ताव निर्माण गर्न नसक्ने लक्षित वर्गको समस्यालाई सहजै हल गर्ने ढाँचाबाट कार्यक्रम निर्माण गरिने मन्त्री केसीको भनाइ छ ।

त्यस्तै पकेट विकासका आधारलाई कार्यान्वयनमा ल्याएर स्थानीय आवश्यकता र भूगोललाई समेटेर प्रदेशले विकास गर्ने नीति अवलम्बन गर्ने जनाइएको छ ।रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter