बजेटले जनताको अपेक्षा सम्बोधन गरेको अर्थमन्त्रीको भनाई

काठमाडौं, जेठ १६ गते अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको बताएका छन् । जनताको तत्कालीन र दीर्घकालीन अपेक्षाहरुलाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको उनले प्रष्ट पारे ।

अर्थ मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गरी उनले जनताको तत्कालीन समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका समस्या समाधानमा जोड दिइएको उनको भनाई थियो ।

बजेटले आगामी आर्थिक वर्ष भित्र ७० वटा जिल्लालाई पूर्ण साक्षार जिल्लाको रुपमा घोषणा गर्न ५ अरब बजेटको व्यवस्था गरेको उनले जानकारी दिए । स्वास्थ्य क्षेत्रको विकासका लागि २२ प्रतिशत बजेट पु¥याइएको उल्लेख गरे । बजेटले मौलिक हकसँग सम्बन्धित रोजगारीको समस्या समाधानका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राथमिकता दिइएको प्रष्ट्याए । ‘गरिव र विपन्न वर्गलाई लक्षित गरी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइएको हो,’ उनले भने् ।

समाजिक सुरक्षा भत्ता एक हजार बृद्धि गरेको उल्लेख गर्दै युवा परिचालन, महिला हिंसा अन्त्यलगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरेको उनले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter