नीलो पानीमा ¥याफ्टिङ सलल

चक्र कार्की / पहाडको खोँचबाट सुसेल्दै झरेर सलल्ल बगेका नीला नदीमा ¥याफ्टिङ गर्दाको मज्जा बेग्लै हुन्छ । नीला नदीमा डुङ्गामा चढेर सयर गर्दा कसको मन नरमाउला । धारिला नदीमा ¥याफ्टिङको मज्जा लिने रहर भए कहा“ र कुन नदीमा ¥याफ्टिङका लागि जाने भन्ने निधो गर्नुस्, सेवा प्रदान गर्न यस्ता व्यावसायिक संस्थाहरू प्रशस्तै खुलिसकेका छन् । हेर्दा कहालिलाग्ने नीलो पानीमा डुङ्गा चढेर सयर गर्दाको मज्जालाई बयान गर्ने नभई आफैँले अनुभव गर्ने हो ।

¥याफ्टिङका लागि नेपालका नदीहरू आकर्षक मानिन्छन् । त्रिशूली, सेती, कालीगण्डकी, तमोर, मौवाखोला, सुनकोसी र भोटेकोसीमा ¥याफ्टिङको मज्जा लिन चाहनेहरूलाई सेवा प्रदान गर्न व्यावसायिक कम्पनीहरू हाजिर छन् । पदयात्रा गर्नलाई अल्छी लाग्छ र ‘आउटडोर’ क्रियाकलापमा रमाइलो गर्न मन लाग्छ भने ¥याफ्टिङलाई रोज्दा हुन्छ । ¥याफ्टिङले पक्कै पनि अनौठो र रोमाञ्चक अनुभव दिलाउँछ । त्यस्तो अनुभूति लिनलाई राजधानीबाट सय किलोमिटरको यात्रामै पुग्न सकिन्छ । भोटेकोसीमा ¥याफ्टिङ गर्ने रहर मनभरि बोकेर जाने हो भने आउनुस् जाउ“ । ¥याफ्टिङ गर्नलाई पौडीमा पोख्त हुनु जरुरी छैन, केबल आ“ट भए पुग्छ । भोटेकोसी ¥याफ्टिङका लागि एसियाकै उत्कृष्ट मानिन्छ । पछिल्लो समयमा स्वदेशी हुन् वा विदेशी, यो नदीमा सलल्ल बग्ने रहरले ओइरो लाग्नेको सङ्ख्या अत्यधिक छ । वाइट रिभर ¥याफ्टिङमा नेपाल संसारकै उत्कृष्ट गन्तव्य हो । जलक्रिडा गर्न चाहनेहरूलाई अनुपम प्राकृतिक छटा र सुन्दर स्थानीय जीवनशैलीको मनोरम दृश्यले मनै लोभ्याउ“छ ।

¥याफ्टिङ गर्ने उपयुक्त मौसम अक्टोबर र नोभेम्बर तथा अप्रिल र मे महिना सबैभन्दा राम्रो हो । अक्टोबर–नोभेम्बरमा वर्षा रोकिएको र नदीको बैँस पनि कलकलाउ“दो हुने भएकाले आकर्षक देखिन्छ । यता, चैत वैशाखको गर्मीले हपक्कै पारेको बेला नदीमा डुबुल्की मार्नुको आनन्द बेग्लै हुन्छ । पदयात्राजस्तै ¥याफ्टिङ गर्ने सिजन पनि सँगस“गै सुरु हुन्छ । कतिपय विदेशी पर्यटकहरू एकै मेसोमा सबै साहसिक खेल सकेर फर्किने हिसाबले पनि आएका हुन्छन् ।

¥याफ्टिङ प्रारम्भ हुने स्थान

अपरमा भोटेकोसीमा तिब्बतियन हाइवेनजिकै, झिर्पु वा बसेरीबाट ¥याफ्टिङका लागि पाइडल मार्न थालिन्छ । डुङ्गामा सलल्ल बग्दै घागी (छाल) सँग उफ्रिँदै नदीको बहावस“गै झरिन्छ । बाह्रबिसे, लामासा“घु, ग्रेटवाल, बारकिङ्ड, (छालको नाम) पार गर्दै लामासा“घुको लामो छालमा आएर माथिल्लो भोटेकोसीको ¥याफ्टिङ सकिन्छ । लामासा“घुको ड्याम्पछेउबाट सुरु भएर सुकुटे वा दोलालघाटमा आएर तल्लो भोटेकोसीको ¥याफ्टिङ टुङ्गिन्छ ।

कति दिनकोे ट्रिप ?

तल्लो भोटेकोसी र माथिल्लो भोटेकोसी गरी ¥याफ्टिङका लागि भोटेकोसीलाई दुई भागमा छुट्याइएको छ । पानीको छालस“ग डर लाग्दैन भने पहिलोपटक नै माथिल्लोमा जान सकिन्छ । मनमा त्रास र शङ्का छ भने पहिलो दिन तल्लोमै जाँदा हुन्छ । त्यसको मज्जा र हौसला बोकर अर्को दिन अपरमा जा“दा राम्रो हुन्छ । भोटेकोसीमा ¥याफ्टिङ दुई दिनको हुन्छ ।

उता सुनकोसी नदीमा ¥याफ्टिङ गर्न जाने हो भने त्यसको मज्जा लिँदै धरानको चतरासम्म पुग्न सकिन्छ । उदयपुर र ओखलढुङ्गाको सङ्गमस्थल हर्कपुरबाट सगरमाथा क्षेत्र र हलेसीतर्फ मोडिन सकिन्छ । गर्मी छल्न पौडीतिर लाग्नुभन्दा प्राकृतिक स्वाद लिन नदीतिर हान्निनेहरूको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय आन्तरिक पर्यटकहरू पनि भरिभराउ हुन थालेका छन् ।

नेपालका नदीमा कहिलेबाट ¥याफ्टिङ ?

हाम्रा नदीहरूमा सन् १९६० को दशकदेखि ¥याफ्टिङ प्रारम्भ भएको हो । सन् १९५३ मा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला राखेपछि उनीहरूले नदीतर्फ पनि नजर लगाएका थिए । हिमालबाट औलतर्फ आउ“दा गर्मी छल्ने मेसोमा ¥याफ्टिङको योजना बनाएका थिए भनिन्छ । सन् १९६८ मा दुईजना फ्रेन्च नागरिक नेपाल आएर सुनकोसी नदीमा पहिलोपटक ¥याफ्टिङ गरेका थिए । त्यस्तै सुनकोसी र त्रिशूली नदीमा जर्मनी नागरिक कुर्ट जोरर्गुस्टेनले ¥याफ्टिङको एक्सपोलर गरेका थिए । त्यही समयमा दुईजना अमेरिकन नागरिक तेरी र क्रिस बेकले माथिल्लो भोटेकोसीमा ¥याफ्टिङको सुरुवात गरेका थिए । नेपालस्थित अमेरिकन नियोगले नेपालका नदीहरूमा सन् १९७३देखि आफैँ ¥याफ्ट बोक्दै गएर नेपालीलाई ¥याफ्टिङ कोर्स र तरिका सिकाउ“थे । सन् १९७६ मा नेपालका नदीहरूमा व्यावसायिक ¥याफ्टिङ गर्ने पहिलो कम्पनीचाहिँ ‘हिमालयन रिभर एक्सपिडिसन’ होे । यो कम्पनीलाई एसियाकै पहिलो रिभर ¥याफ्टिङ कम्पनी मानिन्छ । यो कम्पनी अमेरिकन नागरिक माइक यागरले सुरु गरेका थिए । उनले गाइडको तालिम दिन आवेदन माग गरेपछि सयजनाको आवेदन प¥यो । पछि उनले आठजनालाई छनोट गरेर तालिम दिन थाले । त्यही समयमा त्रिशूली बजारदेखि चितवनसम्म त्रिशूली नदीमा ¥याफ्टिङ थालनी गरियो । सन् १९७५ मा मेजर बासफोर्ड स्नेलले त्रिशूलीमा ¥याफ्टिङको नेतृत्व गरेका थिए । उनको नदीको कडा छालमा ठोक्किएर नाक भा“चिएथ्यो । त्यो छालको नाम उनकै सम्झनामा ‘स्नेल नोज’ राखिएको छ । सन् ७० को दशकपछि नेपालका नदीमा व्यावसायिक जलयात्रा सुरु भएको हो । पछिल्लो पुस्ताका जल गाइडहरूको माग विदेशमा पनि बढिरहेको छ । जब कि अमेरिकनले कुनै समय आठजना नेपालीलाई तालिम दिएका थिए । दुबई, अस्ट्रेलिया, बेलायत र अमेरिकामा नेपाली गाइडहरूको माग छ र अनुभवीहरू उता गएर स्थापित भएका छन् । जलयात्राका लागि सजिला नदीहरूमा त्रिशूली र सुनकोसी हुन् भने कठिनमा माथिल्लो भोटेकोसी, मस्र्याङ्दी र कर्णाली हुन् । जलयात्रामा नदीका छाल वा बहावले आकर्षण गर्छन् जलयात्रीलाई । नेपाली जलयात्रा गाइडको सीप, दक्षता र अनुभव देखेर विदेशी महिला पर्यटक हुरुक्कै हुन्छन् । जसले गर्दा जलयात्रामा माया गा“सेर उनीहरूसँगै विदेश हुँइकिने गाइडहरू पनि प्रशस्तै छन् ।

¥याफ्टिङमा चाहिने सामग्री

¥याफ्टिङ गर्न खासगरी १६ जनाको समूह चाहिन्छ । यो पदयात्राभन्दा फरक हुन्छ । टिम बनाउन सके तपाईं जतिबेला पनि जान सक्नुहुन्छ । एउटा डुङ्गामा दसजना अटाउने क्षमता हुन्छ । ¥याफ्टिङ गर्न चाहने स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने खर्च भने फरक हुन्छ । ‘डे ट्रिप’ का लागि एकजना नेपालीले दुई हजार पाँच सय रुपियाँ तिर्नुपर्छ । त्यसैगरी विदेशीले चाहिँ एक सय बीस अमेरी डलर बुझाउनुपर्छ । यस खर्चमा विदेशीले एक रात रिसोर्टमा बिताएर अर्काे दिन माथिल्लो भोटेकोसीमा ¥याफ्टिङको मज्जा लिन पाउ“छन् । स्वदेशीका लागि भने यो रकम एक दिनको प्याकेजका लागि मात्रै हो भने एक रात एक दिनको तीन हजार पाँच सय पर्न जान्छ । सबै नदीमा ¥याफ्टिङ गर्नलाई लाग्ने खर्च हाराहारीमै आउ“छ । आठ दिनको प्याकेजको सुनकोसीमा भने विदेशीलाई छ सय पचास डलर र नेपालीलाई २० हजार पर्न आउ“छ । यो लामो ट्रिपमा नेपालीले भने खासै उत्साह नदेखाएको व्यवसायीहरू बताउ“छन् । ‘मल्टी डेज ट्रिप’ गर्न सबैले जाँगर चलाए ¥याफ्टिङको त्यो रकममा मज्जा लिन सक्नुपर्छ । नदीपिच्छे रकम फरक पर्छ ।

¥याफ्टिङको सिजन छ महिनाको हो । गर्मी मौसममा स्वदेशीले नै नदी भरिभराउ हुन्छ । महिनामा करिब पाँच हजारले ¥याफ्टिङको मज्जा लिन्छन् । वर्षमा एक लाखले डुङ्गामाथि सलल्ल बगेर आन्नद लिन्छन् । सन् १९७० देखि नेपालमा व्यावसायिक जलयात्राको प्रारम्भ भए पनि आकर्षणचाहिँ पछिल्लो समयमा आएर बढ्दो छ । सुरुमा हिमाल आरोहण गरेर आउनेहरू नै जलयात्रा गर्थे भने अहिले यो वा त्यो भन्ने छैन । समय कम हुने र प्रकृतिको अनुपम मज्जा लिनहरू नदीतर्फ हान्निहाल्छन् । यतिबेला यसकै लागि खुलेका ६५ वटा व्यावसायिक कम्पनी छन् । ती सबैले नेपालका नदीहरूमा ¥याफ्टिङ प्याकेज बेच्छन् ।

‘¥याफ्टिङ सामाजिक खेल हो भन्दा पनि हुन्छ,’ सञ्चालक इन्द्र राई भन्नुहुन्छ । परिवार, युवकयुवती र कर्पोरेटहरूको टिम भएपछि नदीमा खेल्न सकिन्छ, त्यसैले यो सामाजिक खेल हो, उहाँले भन्नुभयो । नेपालमा छ हजार नदीनाला छन् । त्यसमा १६ वटा नदीमा मात्रै ¥याफ्टिङका लागि खुला गरिएको नाराका पूर्वअध्यक्ष चन्द्रबहादुर दाहालले बताउनुभयो । पछिल्लो समय नदीको अतिक्रमण र विद्युत्का लागि ड्याम बनाउन थालेपछि ¥याफ्टिङको भविष्य सङ्कटमा पर्न थालेको छ । नेपालमा फस्टाउँदो यो पर्यटन व्यवसाय थिचिएको र ओझेलमा पर्न थालेको छ, उहाँ भन्नुहुन्छ । यसलाई सरकारले उचित ध्यान दिएर लाखौँ विदेशी पर्यटक भिœयाउन सक्ने वातावरण तयार गर्नुपर्छ । नेपाली पर्यटनको गतिलो प्याकेज जलयात्रा हो भन्नेतर्फ राज्यले ध्यान दिन आवश्यक छ ।

¥याफ्टिङ गर्नका लागि टी–सर्ट, हाफपाइन्ट, टिभा (चप्पल), फेर्ने कपडा, तौलिया, सनब्लक क्रिम, सन ह्याट, बेस बल क्याप, सानो झोला, पानीखाने बोतल र छालस“गै तस्बिर कैद गर्ने भए पानीबाट जोगिने क्यामेरा पनि आवश्यक हुन्छ । लाइफ ज्याकेट, हेल्मेट, ¥याफ्टिङ बोट, प्याडलजस्ता सम्बन्धित सामग्री कम्पनी स्वयम्ले नै उपलब्ध गराउ“छन् । नेपालमा करिब तीन सय अनुभवी रिभर गाइडहरू छन् । सिजनमा रिभर गाइडले दिनको तीन हजारसम्म कमाउँछन् । नेपाली रिभर गाइडहरू भारत, दुबई, नर्वे, स्वीडेन, अमेरिकामा अब्बल गाइड मानिन्छन् । केही वर्षअघि भोटेकोसीबाट सुरु गरेर बङ्गालको खाडीसम्म यात्रा गरेका इन्द्र राईले नदीमा के–के देखिन्छ भनेर व्याख्या गरेको सुन्न पाउनुभयो भने तपाईंमा बेग्लै ऊर्जा थपिन जान्छ । पानीमा डराउनुपर्दैन, त्यहा“ जलपरीजस्तै लाग्ने ¥याफ्टिङलाई स्कटिङ गर्न केही तैनाथ अवस्थामा पनि हुन्छन् ।

पछिल्लो समय विदेशीभन्दा स्वेदेशी युवा जमात ¥याफ्टिङमा बढी लोभिन थालेका छन् । तपाईंलाई यो गर्मी महिनाको चर्को घाममा नदीमा सलल्ल बग्ने रहर भएर पनि कसरी जाने भन्ने खुल्दुली छ भने नआत्तिनुस्, ¥याफ्टिङ कम्पनीहरू सेवा दिन हाजिर छन् । कुन नदीमा डुबुल्की मार्न जाने भन्ने पहिला निश्चित गर्नुस् र उचित सल्लाह लिएर पानीसँग रम्ने मौका नचुकाउनुस् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter