• Saturday, April 19, 2025

समाजले स्वीकार नगर्दा तेस्रोलिङ्गीलाई समस्या

रुपन्देही, जेठ २० गते । परिवार र समाजले पहिचान स्वीकार नगरीदिँदा समस्या झेल्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो छ । राष्ट्रिय मानव अधिकार आयोगले आज बुटवलमा आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले तेस्रोलिङ्गी भएकै कारण परिवार र समाजबाट तिरस्कृत हुनुपरेको दुखेसो पोेख्नुभयो ।

सरकारी निकाय, विभिन्न सङ्घसंस्था, अस्पताल तथा सार्वजनिक यातायात जहाँ जाँदा पनि महिला र पुरुषमात्रै उल्लेख गरिएको हुन्छ । तर हामी कहाँ जाने ? उनीहरुको प्रश्न थियो । यसरी प्रश्न गर्नेमा तेस्रोलिङ्गी अवान्तिका घर्तीमगर, पुष्पा लामा, शिशिर भट्टराई, रेशम न्यौपाने लगायतका छन् । उनीहरुले तेस्रोलिङ्गी भएकै कारण आफूहरु परिवारबाट निकालिएको गुनासो गर्नुभयो ।

ब्लु डाइमण्ड सोसाइटी रुपन्देहीका अध्यक्ष आनिक रानाले तेस्रोलिङ्गी समुदायको पहिचान स्वीकार गर्ने वातावरण बनाउन सरोकारवालालाई आग्रह गर्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले आफ्नो इच्छाअनुसार जीवन जिउन पाउनु मानवको अधिकार भएको बताउनुभयो । “तेस्रोलिङ्गी भएकै कारण विभेद गर्न पाइँदैन, सबैले सम्मानजनक जीवन जिउन पाउनुपर्छ”, उहाँले भन्नुभयो । तेस्रोलिङ्गी भएकै कारण नागरिकता, सम्पत्तिमाथिको अधिकार सहजै पाउन नसक्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

आयोगका प्रदेश नं ५ का प्रमुख सम्झना शर्माले हरेक व्यक्तिले सम्मानजनक जीवन जिउन पाउने अधिकारको हनन भए आयोगमा उजुरी दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “मानिसको पहिलो पाठशाला परिवार हो, जहाँबाट सिकाइ शुरु हुन्छ यदि शिक्षा, स्वास्थ्य र पारिवारिक मायाबाट वञ्चित भएपछि व्यक्ति सडकमा आउन बाध्य हुन्छ, त्यसैले परिवारबाटै उपयुक्त वातावरण तयार हुनुपर्छ ।” आयोगका उपनिर्देशक पवनकुमार भट्टले कुनै पनि व्यक्तिले विनाभेदभाव जिउन पाउने अधिकार भए पनि व्यावहारिक कार्यान्वयन हुन नसक्दा समस्या भएको उल्लेख गर्दै ऐन कानून फेरिए, व्यवस्था फेरियो तर व्यवहार फेरिएन भन्नुभयो ।

अधिवक्ता बाबुराम पाण्डे, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष डिपी खनाल, गैरसरकारी संस्था महासङ्घ रुपन्देहीका अध्यक्ष रिमा विसी लगायतले तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण बदल्न समाजमा व्यापक सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter