• Saturday, April 19, 2025

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

भक्तपुर, जेठ २१ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब रु दुई करोड ४६ लाखभन्दा बढी रकम रहेकोमा चाँगुनारायण नगरपालिकाका लागि रु ४४ लाख, भक्तपुर नगरपालिकाका लागि रु ६४ लाख, मध्यपुर थिमि नगरपालिकाका लागि रु ७१ लाख ७६ हजार तथा सूर्यविनायक नगरपालिकाका लागि रु ६६ लाख ३४ हजार बराबरको रकम विनियोजित भएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४००, चाँगुनारायण नगरपालिकाबाट ९१० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजकत्वमा सहसंयोजक चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बाँस्तोला, सूर्यविनायक नपाबाट सात वडाध्यक्ष, चाँगुनारायण नपाबाट चार वडाध्यक्ष र मध्यपुर थिमि नपाबाट दुई जना रहने गरी भव्यरुपमा कार्यक्रम गर्नेगरी समिति गठन गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter