• Friday, April 18, 2025

सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट

कञ्चनपुर, जेठ २३ गते । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् ।

गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध गराउन निवेदन दिएका उपभोक्तालाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष रामबहादुर साउदले बताउनुभयो । “गोबरग्यास प्लान्ट जडानकै लागि चालू आवमा रु तीन लाख रकम अनुदानका रुपमा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो । गोबरग्यास प्लान्ट जडान गरिएपछि स्थानीय बासिन्दालाई दाउराको जोहो गर्ने झन्झट हटेर गएको छ ।

घरमै पालिएका चौपायाको गोबर दैनिक गोबरग्यास प्लान्टमा राखी दैनिक त्यसबाट आउने ग्यासबाट खाना पकाउने कार्य गर्दै आएको स्थानीय राधिका साउदले बताउनुभयो । दाउरा ल्याउने श्रम खेतबारीमा लगाई अतिरिक्त आम्दानी हँुदै आएको उहाँले बताउनुभयो । दाउराजस्तो गोबरग्यासमा धँुवा नआउने भएकाले समेत विगतमा गृहणी र बालबालिकामा देखिदै आएको श्वासप्रश्वासको समस्यासमेत हटेर गएको छ ।

धेरै परिवारले अनुदान रकम लिएर र केही परिवारले आफ्नै निजी खर्चमा समेत गोबरग्यास प्लान्टसँगै शौचालय बनाएका छन् । स्थानीय उपभोक्ताले चरन अभावमा गाईबस्तु पाल्नमा कमी ल्याएपछि सामुदायिक वनले आउँदो आवदेखि उपभोक्तासँग छलफल गरेर गोरग्यास जडानका लागि दिँदै आएको अनुदानलाई यथावत राख्ने वा यसको विकल्पका रुपमा एलपिजी ग्यासमा अनुदान दिने विषयमा छलफल गरी योजना बनाउने भएको छ ।

सामुदायिक वनले दाउरा, घाँस र काठ बिक्री गरी अनुदान रकमको जोहो मिलाउँदै आएको छ । गत वर्ष सामुदायिक वनको आम्दानी रु नौ लाख रहेकामा चालू आवमा बढेर रु २५ लाख पुगेको छ । सामुदायिक वनले कूल आम्दानी भएको रकममध्ये २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरीबी निवारण, २० प्रतिशत सामाजिक विकास र २० प्रतिशत आयमूलक कार्यमा खर्च गर्दछ । उक्त सामुदायिक वनमा २६५ घरघुरी आवद्ध छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter