भूमि व्यवस्था मन्त्रालयद्वारा गुठी विधेयक फिर्ता; जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार- प्रधानमन्त्री

काठमाडौं असार ३ गते । सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिनुभयो ।

सो विधेयक राष्ट्रियसभामा पेश भएको थियो ।

जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्माले सरकार सबैको कुरा सुन्न तयार रहेको र आवेग र उत्तेजनामा नआउन आग्रह गर्नुभएको छ ।

सिंहदवारमा अपरान्ह अयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले सो आग्रह गर्नुभएको हो ।

प्रत्रकार सम्मेलमा प्रधानमन्त्रीले भन्नुभयो–यो सरकार जनताले चुनेको सरकार हो त्यस कारण जनतामा केही असन्तुष्टि छ भने सरकार छलफल गर्न तयार छ ।

उहाँले अगाडि भन्नुभयो–हामीले पटक पटक लडेर लोत्रतन्त्र ल्यायौं तर हामीलाई भट्काइ भट्काइ लोकतन्त्र टिक्न दिइएन । साथै प्रधानमन्त्रीले अगाडि भन्नुभयो –म राजनीतिक शक्तिलाई आग्रह गर्न चहान्छु आवेग उत्तेजना र भावनामा नबगौं ।

उहाँले सञ्चार लोकतन्त्रको पिलर भएको र त्यस काराण चौथो अङ्ग भनिएको भन्दै सञ्चार मध्यमहरूमा प्रयोग हुने भाषाले नेपाली समाजको मूल्य मान्यतालाई प्रतिनिधित्व गर्न नसकेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter