‘वाटरपार्क’ निर्माणको काम धमाधम हुँदै, समयमै सक्ने लक्ष्य

नेपालगज, असार ५ गते । लामो समयको पर्खाइपछि यहाँको बहुप्रतिक्षित ठूलो योजनाभित्रको वाटरपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

“वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोशेढुङ्गा सावित हुनेछ”, नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले भन्नुभयो । वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठालगायतका संरचना निर्माण हुनेछन् ।

“कुचुक्क परेको हाम्रो धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरुप नै फेरिन्छ, यहाँ हाम्रो व्यापार बढछ, हाम्रो जीवनस्तर पनि फेरिन्छ”, स्थानीयवासी रघुवीर मिश्र खुशी व्यक्त गर्नुहुन्छ । हुन पनि, स्थानीयवासी मिश्रले भनेजस्तै वाटरपार्क निर्माणको डिजाइन पनि त्यसैगरी भएको छ । नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्कमा नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि जोडिने छ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना ११ वर्षअघि तयार गरिएको थियो । २०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो । अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ । “यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्ष गोपाल पुन बताउनुहुन्छ ।

नगर विकास समितिले अहिले वाटरपार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाण पुर्जा तयार गरिसकेको छ । “दुई÷चार दिनभित्र जग्गा धनीलाई प्रमाणपुर्जा वितरण गरिसकेपछि समितिको मातहतमा रहेको यो पार्कलाई नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ”, अध्यक्ष पुनको भनाइ छ । पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ ।

वाटरपार्क संरचनाअन्तर्गत अहिले पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माणको काम भइरहेको छ । निर्माणको काम छिटो सक्न पाँच वटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जसरी पनि सफल गर्नुपर्नेमा यहाका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण एकमत पनि छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter