• Friday, April 11, 2025

छोरी जन्मिए बैंक खाता

सिमकोट, असार ८ गते । कर्णाली प्रदेश सरकारले दश वटै जिल्लामा छोरी जन्मिएपछि एक हजारको बैंक खाता संचालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा यस्तो कार्यक्रम ल्याए पछि नयाँ आर्थिक वर्ष सुरु भएपछि अब कर्णाली प्रदेशका जुन घरमा छोरी जन्मन्छन ती सबैको प्रदेश सरकारले बैंक खाता संचालन गर्ने भएको हो ।

छोरी जन्मने बित्तिकै एक हजारको बैंक खाता र त्यसपछि २० वर्षसम्म प्रति महिना पाँच सयका दरले पैसा उक्त खातामा जम्मा गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बताउनुभयो । पार्टीको कामको शिलशिलामा हुम्लामा रहनु भएका मुख्यमन्त्री शाहीले आगामी वर्षको बजेटका बारेमा संचारकर्मीलाई जानकारी दिने क्रममा सो कुरा बताउनु भएको हो । कर्णालीमा बाल विवाह बढ्दो अवस्थामा रहेको र कानूनले बीस वर्ष पछि मात्रै विवाह गर्नु पर्ने नियम अनुसार यसलाई कार्यान्वयन गर्न पनि यो कार्यक्रम सहयोगी हुने मुख्यमन्त्री शाहीले बताउनुभयो । अर्काको घरमा जाँदा अब छोरी रित्तै नभएर बीस वर्षसम्म सरकारले जम्मा गरेको तीन लाख रुपियाँ समेत लिएर घर जान पाउने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter