पर्यटकको पखाईमा झोवाङको शीतल गुफा

पोखरा, असार १२ गते । ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ ।कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् ।

पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित प्राचीन गुफामा आवश्यक भौतिक संरचनाको विकाससहित प्रचारप्रसारमा जोड दिइएको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका सचिव चुडामणि शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई सय पचास मिटर लम्बाइको सो गुफाको प्रवेशद्वारमा परम्परागत कुटानीपिसानीका साधन ढिकी र जाँतो, १०८ पाला, पञ्चेबाजालगायत केही भित्र गएपछि शिव, सिद्धिविनायक, बूढानीलकण्ठलगायतका विभिन्न देवदेवीका आकृति स्पष्ट देख्न सकिन्छ ।

गुफाको केही भित्र गएपछि करीब १० मिटरको उचाइमा भ¥याङमार्पmत दोस्रो तल्लामा प्रवेश गरिने बताउँदै उहाँले २०३७ सालमा शीतला मावि विरेठाँटीका प्रअ शिव पौडेल विद्यार्थीसहित पहिलो पटक प्रवेश गरेपछि मात्रै गुफा पत्ता लागेको हो ।

सडकदेखि ५० मिटरको दूरीमा रहेको गुफासम्म पुग्न पदमार्ग, आवश्यकताअनुसार फलामे भ¥याङ, प्रवेशद्वारमा फलामे च्यानल गेट निर्माण गर्ने तयारी भइरहेकोे शीतल गुफा निर्माण समितिका अध्यक्ष उमालाल पौडेलले जानकारी दिनुभयो ।

गुफाभित्र फराकिलो रहेको कारण ओहोरदोहोरमा खासै अप्ठेरो नपर्ने बताउँदै उहाँले विद्युत् लाइन विस्तार गरिने जानकारी दिनुभयो । योसँगै गुफामा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास लिइएको छ । गुफाको विकासका लागि गण्डकी प्रदेश सरकारबाट सात लाख र डिभिजन वन कार्यालयबाट रु पाँच लाख प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुफा परिसरमा पार्किङ एवम् गुफामा आउने पर्यटकको सुविधाका लागि खानेपानी, शौचालयसमेत निर्माण गरिनेछ । पोखराबाट लगभग ४० किलोमिटरको दूरीमा रहेको सो गुफाभित्र प्रशस्त चमेरा रहेको ६८ वर्षीय स्थानीय बासिन्दा नरहरि पौडेल बताउनुहुन्छ । गाउँमा कोदोको बीउका लागि गुफामा प्रवेश गरेर चमेराको मल ल्याउने गरेको अनुभव सुनाउँदै उहाँले यो मल राखेपछि बीउ सप्रने गरेको स्मरण गराउनुभयो ।

सो गुफामा विशेषगरी परम्परादेखि नै बालाचतुर्दशीमा सद्बीज छर्ने र शिवरात्रिमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले गुफाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका विकास निर्माणका गतिविधिको अनुगमनका सिलसिलामा सो स्थानमा पुग्नुभएका उहाँले गुफाको विकाससँगै पर्यटन प्रवद्र्धन गर्न सके स्थानीय बासिन्दाको आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सुगम स्थानमा रहेर पनि प्रचारप्रसारमा आउन नसकेको अलौकिक उक्त गुफाको व्यवस्थापनसँगै प्रचारप्रसारमा जोड दिनुपर्ने बताउँदै उहाँले यसको विकासका लागि आप्mनो तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश सरकारले ११० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरी व्यवस्थापनमा जुटिरहेको वर्तमान अवस्थामा शीतल गुफालाई थप गन्तव्यका रुपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दाको सामूहिक माग छ । पर्वत, बागलुङ, म्याग्दी हुँदै हिमालपारिको जिल्ला मुस्ताङसम्म दैनिक सयौँको सङ्ख्यामा यातायातका साधन ओहोरदोहोर गर्ने पोखरा–बागलुङ सडकमा रहेको उक्त गुफा धार्मिक एवम् आन्तरिक तथा बाह्य पर्यटकको छुट्टै एउटा आकर्षक गन्तव्य सम्भावना बोकेको जिल्ला समन्वय समितिका सदस्य तोरणबहादुर बानियाँको धारणा छ ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी विभिन्न अभियान सञ्चालन गर्नाका साथै सङ्घीय सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष घोषणासहित कार्यान्वयनको तयारी गरिरहेको वर्तमान अवस्थामा शीतल गुफा जस्ता मुलुकका प्राकृतिक सम्पदाको भरपुर उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter