दैलेखबासीको सपना पूरा हुँदै, आइतबार औपचारिक उद्घाटन

कमल शर्मा/ दैलेख असार १३ गते । खानी तथा भूर्गभ बिभागले दैलेखको श्रीस्थान, पादुका र नाभिस्थानबाट बगेको पेट्रोलिय पदार्थको नमुना संकलन गरि काठमाडौ ल्याएको १५ बर्षभयो ।

बाह्र वर्षमा खोलो पनि फर्कन्छ भन्छन् तर दैलेखमा भने १५ वर्ष पछि बल्ल पेट्रोलियम पदार्थको अन्बेषण र उत्खन्न हुने भएको छ ।

बैशाखको अन्तिम साता उद्दघाटन गर्ने भनिएको दैलेखको पेट्रोलियम पदार्थको अन्वेषण असारको १५ गते उद्दघाटन हुने भएको छ ।

चीन सरकारको चाईना जियोलोजिकल सर्भे र नेपालको खानी तथा भूर्गभ बिभागबीच बैशाखको अन्तिम साता पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भए पनि नेपाल सरकारको आवश्यक तयारी नपुगेको भन्दै उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

असारको १५ गते अन्वेषणको औपचारिक उद्दघाटन हुने भए पछि बर्षौं पछिको दैलेखबासीको सपना साकार हुने भएको हो ।

भारतले लगाएको तीन महिना नाकाबन्दीपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने घोषणा गर्नुभएको थियो ।

प्रधामन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको केही महिना पछि तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा चिनियाँ विशेषज्ञ टोली अनुसन्धानका लागि दैलेख पुगेको थियो ।

उक्त चाईनाको टोली एक हप्ता अध्ययन गरेर काठमाडौं फर्केको लामो सयमसम्म पछि सो स्थानमा मिथेन ग्याँस भएको पुष्टी भएपछि उत्खन्नको आश बोकेका दैलेखका बासिन्दा अन्बेषण र उद्घाटन हुुने भएपछि खुसी भएका छन ।

खानी तथा भूगर्भ विभागका परियोजना प्रमुख सुदीप रजौरेले अन्वेषणका लागि दुई वर्ष समय लाग्ने बताउनुभयो । उहाँले सबैभन्दा पहिले चिनियाँ टोली र खानी तथा भूगर्भ विभागको टोलीले कुन–कुन स्थानमा सर्भे गर्ने भनेर निश्चित गर्नेछ ।

‘सर्भेको कामसँगै जमिनको कम्पनको तरंग पठाएर ड्रिलिङ गर्न उपयुक्त स्थान कुन हो भनेर पत्ता लगाउन समय लाग्ने र त्यसको लागि अन्वेषणका लागि दुई अर्ब २०करोड रुपियाँको सम्झौता भएको बताउनुभयो ।

चिनियाँ टोलि र खानी तथा भूर्गभ बिभागको टोली दैलेख आएर पेट्रोलियम पदार्थको अन्वेषणका लागि प्रक्रिया अगाडि बढाउने निश्चित भएपछि दैलेखका उद्यागी ब्यापारी खुसी भएका छन् ।

यो दैलेख बासीको मात्र खुसीको कुरा होईन समग्र देशनै खुसी हुनु पर्ने अबस्था आएको दैलेख उद्योग बाणिज्य महासंघका महासचिव राजेश हमालले बताउनुभयो ।

दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण पछि उत्पादन हुने नहुने कुराको टुगो लाग्ने छ उहाँले भन्नुभयो उत्पादन हुने निश्चित भएपछि हाम्रा तेलका ट्याकर भारत होईन दैलेख आउने निश्चित छ । दैलेख उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष शान्तिप्रसाद शर्माले दैलेखका पेट्रोलियम पदार्थको अब्बेषणको तयारी संगै साच्चिकै नेपाल समृद्धको यात्रामा अगाडि बढेको बताउनुभयो ।

दैलेख लगायत अन्य जिल्लामा रहेको पेट्रोलियम पदार्थको अन्बेषणका लागि परियोजना गठन गरेर २०३९ सालमा बिभिन्न कम्पनीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

देशमा भएका बिभिन्न आन्तरिक द्वन्द्वका कारण देखाउदै उक्त कम्पनीहरूले काम नगरेको खानी तथा भुर्गभ बिभागले जनाएको छ । सरकारले बिभिन्न कम्पनीलाई दिएको जिम्मा अनुसार दैलेखको पेट्रोलियम पदार्थको अन्बेषणका लागि अमेरिकाका इमिरेटस कम्पनीले अन्बेषणको काम पाए पनि काम गर्न सकेको थिएन ।

दैलेखका निर्वाचन क्षेत्र नः १ सासंद रबिन्द्रराज शर्माले दैलेख बासीको सपना साकार पार्न बर्तमान सरकार लागिपरहेको बताउनुभयो ।

उहाँले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण र यहि बर्षबाट दैलेख हुदै चीनको नाक्चेनाग्ला सम्मको सडकको ट्रयाक खोल्न आवश्यक पर्ने बजेट बिनियोजन गरे संँगै दैलेख जिल्लाको समृद्धिको यात्रा तय भएको बताउनुभयो ।

उहाँले मध्यपहाडीको बिवाद समधान भएको छ । मध्यपहाडी राजमार्ग दैलेखका सबै भूभागलाई समेटेर गएको छ यो भन्दा अरु राम्रो के हुन्छ ।

दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले सरकारले थालेको महत्वपूर्ण दुई वटा कार्य सम्पन्न भएमा सिंगो मुलुकको आर्थिक समृद्धिमा लम्कने कुरामा दुईमत नरहेको बताउनुभयो । तत्कालीन दन्द्धकालमा सुरु गरि पनि उक्त कामले भर्खर मात्र गति लिन थालेको पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु शर्माले बताउनुभयो ।

उहाँले मुलुक संघियतामा गएसंगै बजारको भबिष्य अन्यौल जस्तै भएको थियो । पेट्रोलियम पदार्थ र चीनसम्मको नाका खोल्न आवश्यक बजेट बिनियोजन गरेर काम सुरु गरेपछि दैलेख सदरमुकामको भविष्य उज्वल हुने उहाँले बताउनुभयो ।

बर्तमान सरकारले यो मुलुकका लागि गरेको कामको प्रशसा गर्दै उहाँले बर्तमान सरकारले चालेको कदमले मुलुकलाई साच्चिकै अग्रगामी दिशमा डो¥याउने बिश्वास ब्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter