विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न प्रन्याको आग्रह

काठमाडौँ, साउन १६ गते । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चलिरहेको मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताउनुभएको छ ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले चलिरहेको मुद्दामा समाचार लेखेर प्रश्न खडा गर्दा निष्पक्ष न्याय सम्पादनमा असर पर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश राणाले भन्नुभयो, “विचारधीन मुद्दाको विषयलाई लिएर समाचार, कुनै विद्वान्को लेख आउँछ, त्यो इजलासमा पनि आइपुग्छ, ती लेख र समाचारले न्याय सम्पादनमा कही न कही असर पर्छ ।”

न्यायालयले अक्षम्य हुने गरी काम गरेमा कहिले पनि सहयोग नगर्न उल्लेख गर्दै उहाँले न्यायालयलाई स्वतन्त्र र निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्नुभयो । प्रधानन्यायाधीश राणाले न्यायाधीश नियुक्ति गर्दा जुनजुन विचारबाट आएको भए पनि न्यायालयमा पसेपछि निष्पक्ष रुपमा न्यायसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधानले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्ने परिकल्पना गरेको हुनाले त्सोही अनुसार काम गर्न न्यायपालिका लागिरहेको र न्यायपालिकामाथि उठेका प्रश्नलाई पनि सम्बोधन हुने गरी काम गरिरहेको स्पष्ट पार्नुभयो ।

न्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकालाई स्वतन्त्रपूर्वक न्याय सम्पादन गर्न दिनुपर्ने उल्लेख गर्दै महाअभियोग लगाउन सकिने तर महाअभियोगको दुरुपयोग गर्न नहुनेमा धारणा राख्नुभयो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतको विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै समाचार प्रकाशन हुँदा न्याय सम्पादनमा असर पर्ने बताउनुभयो ।

सम्पादक युवराज घिमिरे, प्रतीक प्रधान, तीर्थ कोइराला, शिव गाउँले, प्रकाश रिमाल, डिल्ली आचार्य, सागर पण्डित, सुन्दर खनाललगायतले आम नागरिकको न्यायमा पहुँच हुनुपर्ने र सरल भाषामा छिटो न्याय दिनुपर्ने सुझाव दिनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter