अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने

काठमाडौँ, साउन १६ गते । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ ।

आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ ।

गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफलस्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु¥याएर राष्ट्रिय लक्ष्यसँग जोड्ने अभिप्रायका साथ नेपालको नारा तय गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिवसका अवसरमा मन्त्रालय र परिषद्को आयोजनामा विभिन्न युवा लक्षित कार्यक्रम हुने भएका छन् । दिवसलाई सफल पार्नका लागि खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को संयोजकत्वमा २०१ मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा १७ सदस्यीय सचिवालयको समेत गठन गरिएको छ ।

दिवसका अवसरमा साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी विभिन्न कार्यक्रमसमेत गरिने भएको परिषद्का सूचना अधिकारी ध्रवराज पौडेलले जानकारी दिनुभयो ।

दिवसलाई देशव्यापीरुपमा मनाउन प्रदेश सरकार र स्थानीय सरकारसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई आआफ्नो स्थानमा नेपालले तय गरेको नारासँग सम्बन्धित रहेर विभिन्न स्थानमा मौलिकरुपमा मनाउन अनुरोधसमेत गरेको परिषद्का उपसचिवसमेत रहनुभएका पौडेलले जानकारी दिनुभयो ।

दिवसको अवसरमा प्रधानमन्त्री प्रतिभा पुरस्कार घोषणा र वितरण, युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम, युवा संवाद कार्यक्रम, युवा उद्यमी सिर्जना कक्ष प्रदर्शनी, युवालाई उत्प्रेरणा र सकारात्मक सन्देश दिन सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ ।

यसैगरी साउन २७ र २८ गते दुई दिनसम्म युवा उद्यमी कार्यक्रमसमेत गरिने भएको छ । यसैगरी दिवसका अवसरमा वाग्मती सफाइ अभियान, खेलकूद कार्यक्रम र रेडियो तथा टेलिभिजनमा युवाको अवस्था, सम्भावना र अवसर सम्बन्धमा परिसंवाद कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ ।

नेपालमा सन् २००४ र अन्तरराष्ट्रिय दिवस सन् २००० देखि मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो । नेपालको संविधानमा उल्लेखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु राष्ट्रिय युवा नीति–२०७२, युथ भिजन–२०२५ तथा अन्तरराष्ट्रिय कानून र युवालक्षित मुद्दा कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा आवाज बुलन्द गर्नु दिवसको उद्देश्य रहेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिनुभयो । नेपालमा विसं २०६८ को जनसङ्ख्याका आधारमा अहिले ४०.३ प्रतिशत युवा रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter