नेपाली भूमिबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने

राजन रावत / सिमकोट साउन २७ गते । नाम्खा गाउँपालिकाको वडा नम्बर छ को हिमालपारीको गाउँ लिमीको पाँच हजार मिटर अग्लो लाप्चा लेकबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएको छ ।

स्थानीयले उक्त लेकबाट मानसरोवर कैलाशको दर्शन गर्ने गरिएकोमा चिनियाँ सरकारले नेपालीलाई जान नदिने जनाए पछि अब लिमीको लाप्चा लेकबाटै कैलाश मानसरोवरको दर्शन गर्न सकिने भएको हो ।

स्थानीय छिरिङ पाल्दनका अनुसार एउटा उत्तम विकल्पको रुपमा रहेको यस लेकबाट दर्शन गर्नेको संख्या बढेको छ । लाप्चा नाकाकै प्रचार प्रसारको लागि आगामी असोज पहिलो हप्ता पर्यटन बोर्ड टोलीलाई लाप्चामा आमन्त्रण गरिने गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताउनु भयो ।

पैदल हिंडेर चारदेखि पाँच दिनसम्म लाग्ने लाप्चा नाकामा अहिले सडक निर्माण शुरु भएको छ । सिमकोट हिल्सा नाकाको च्याछरा खण्डको सडक निर्माण भई संचालनमा आए गाडी जान सकिने छ । यसपछि नेपाली भूमिबाटै मानसरावर कैलाशको दर्शन गर्न सहज हुने अध्यक्ष लामाले बताउनु भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter