• Sunday, June 15, 2025

वर्षामा पनि रोमाञ्चक ¥याफ्टिङ

शान्ति लामा / सिन्धुपाल्चोक, साउन २७ गते । बालबालिकाका लागि काम गर्ने एक स्वयंसेवी संस्थाका अभियन्ता हुनुहुन्छ, काँडाघारीका मदन पौडेल । प्रायः काममा नै व्यस्त हुने उहाँ बेलाबेला घुमफिर गर्न रुचाउनुहुन्छ । विशेष गरी साहसिक खालका पर्यटन गतिविधिमा रुचि राख्ने पौडेल शनिबार भोटेकोसीको एक ¥याफ्टिङमा भेटिनुभयो ।

भोटेकोसी नदीका सिन्धुपाल्चोकको चेहेरेमा ¥याफ्ट बोर्डबाट झर्दा उहाँ निकै रोमाञ्चित हुनुहुन्थ्यो । वर्षाको धमिलो नदीमा ¥याफ्टिङ गरेको यो पहिलो अनुभव हो, उहाँले भन्नुभयो, ¥याफ्टिङ निकै रोमाञ्चक भयो । केही समयअघि परिवार र साथीभाइसहित ¥याफ्टिङ गरेको बताउने उहाँ यसपटक भने एक्लै आउनुभएको थियो ।

मकवानपुर, हेटौँडा घरभएकी न्यान्सी गोलेले बचपनमा कहिल्यै खोला र नदीको पानीसँग खेल्न पाउनुभएन । त्यसैले नदीसँग निकै डर लाग्थ्यो तर यसपालि भोटेकोसी नदीमा ¥याफ्टिङ गरेपछि भने नदीको बगेको पानीप्रति उहाँको धारणा नै परिवर्तन गराइदियो । खोला भन्नेबित्तिकै त्यसले बगाउँछ भनेर कहिल्यै नजिक गइएन,

चेहेरेमा ¥याफ्ट बोर्डबाट झर्दै उहाँले भन्नुभयो, खासमा पानीसँग हामीले ठीक तरिकाले खेल्न नजान्दा रहेछौँ । नदी तथा खोलामा गरिने ¥याफ्टिङजस्ता साहसिक गतिविधिको सुरक्षा प्रणालीबारे बुझेर गए साहसिक मानिने गतिविधि पनि रोमाञ्चक हुने उहाँको अनुभव छ ।

भोटेकोसीमा ¥याफ्टिङ इभेन्टमा यी दुई युवाजस्तै अनुभव भएका र नभएका युवाहरूको लर्काे लाग्ने गरेको छ । विशेष गरी सहरी युवामाझ ¥याफ्टिङ लोकप्रिय हुँदै गएको बताउनुहुन्छ, ¥याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई । पछिल्लो समय साहसिक पर्यटनमा युवाको आकर्षण लोभलाग्दो रहेको उहाँको भनुभव छ ।

¥याफ्टिङ स्टारले नियमित रूपमा हरेक शुक्रबार र शनिबार नेपालीलाई लक्षित गरी ¥याफ्टिङ इभेन्ट आयोजना गर्दै आएको छ । उहाँले भन्नुभयो, पछिल्ला चार वर्षयता धेरै युवाका लागि सप्ताहान्तको बिदालाई सदुपयोग गर्ने नयाँ तरिका ह्वाइटवाटर ¥याफ्टिङ बन्न थालेको छ ।

विशेष गरी भोटेकोसी, सुनकोसी, त्रिशूलीमा सञ्चालन गरिने एकदिने ¥याफ्टिङमा नेपाली ¥याफ्टिङप्रेमीको आकर्षण रहेको राईले बताउनुभयो । नेपालीहरु फागुनदेखि जेठसम्मको मौसममा ¥याफ्टिङ गर्न रुचाउने गरेको व्यवसायी बताउँछन् ।

असारदेखि भदौसम्म नदीमा आउन सक्ने बाढीका कारण असुरक्षित हुने डरले नेपालीले ¥याफ्टिङ गर्न नरुचाउने गरेको रिभर (¥याफ्टिङ) गाइड मानदेव राईको भनाइ छ तर ठूला नदीको माथिल्लो तटमा पोखरी, हिमताल फुटेर आउने बाढी र ठूला पहिरो गएको अवस्थाबाहेकको अवस्थामा भने वर्षात्को मौसममा ¥याफ्टिङ गर्नु कुनै खतरा नहुने उहाँले बताउनुभयो ।

नेपालका नदी साहसिक गतिविधिका लागि विश्वमै प्रसिद्ध छन् र यसले पर्यटन प्रवद्र्धन गर्न सहयोग गरिरहेको छ । २५ वर्षदेखि ¥याफ्टिङ गाइड गर्दै आउनुभएका दीपककुमार राईका अनुसार केही वर्ष पहिलेसम्म धेरैजसो ¥याफ्टिङ गर्नेमा विदेशी मात्र हुने गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter