• Friday, April 11, 2025

रारामा ३८ लाख राजश्व सङ्कलन

रारा, साउन ३१ गते । आर्थिक वर्ष २०७५÷७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क, दण्ड जरिवाना, काठ पुर्जी, ढुङ्गा, बालुवा, गिट्टी तथा तालमा डुङ्गा चलाएको २० प्रतिशत रकमबापत उक्त राजश्व सङ्कलन गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाका अनुसार गत आवमा ४६५ बाह्य तथा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आएका थिए । बाह्य पर्यटकका लागि रारामा प्रवेश शुल्क पहिलेदेखि नै लागू गरिएको थियो । “आन्तरिक पर्यटकका लागि गत कात्तिकदेखि प्रवेश शुल्क लिन थालिएको हो”, रोकायाले भन्नुभयो ।

गत कात्तिकदेखि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति रु १०० तथा बाह्य पर्यटकलाई प्रतिव्यक्ति रु तीन हजार ३९० प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रको नागरिकका लागि प्रवेश शुल्क रु एक हजार ५०० तोकिएको छ । कर्णाली राजमार्गको स्तरोन्नति नहुनु र रारा विमानस्थलमा हवाईसेवा नियमित नभएका कारण पर्यटकको आगमनमा कमी आएको रोकायाले बताउनुभयो । रारामा पर्यटकको सङ्ख्या बढाउन र पर्यटन वर्ष २०२० लाई सफल बनाउन रारामा सुविधा सम्पन्न होटेल बनाउनु पर्ने, आसपासमा रहेको अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने, पर्यटकको बसाई लम्बाउन रारालाई पर्यापर्यटनका साथै धार्मिक पर्यटनमा जोड दिनुपर्ने पर्यटन व्यवसायी पूर्णादेवी बम बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter