कोन्ज्योसोमले एक लाख पर्यटक भित्र्याउने

दीपक श्रेष्ठ / ललितपुर, साउन ३२ गते । ललितपुरको दक्षिणी भेगमा रहेको कोन्ज्योसोम गाउँपालिकाले भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन विकासका कार्ययोजना अगाडि सारकोे छ । गाउँपालिकाले वर्षमै एक लाख पर्यटक ल्याउने योजना राखी त्यसलाई कार्यान्वयन गर्न पूर्वाधार विस्तारमा लागेको छ ।

पहाडी जनजीवन, चिसो हावापानी, प्राङ्गारिक कृषि उत्पादन, प्राकृतिक गुफा, माने, गुम्बा, मन्दिरका साथै महाभारत पर्वत शृङ्खलाका रमणीय स्थलको संरक्षण र विकास गरी पर्यटकलाई आकर्षित गर्ने योजना गाउँपालिकाको छ ।

गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तान भन्नुहुन्छ, “राजधानीबाट नजिकै रहेको तर ओझलमा परेको कोन्ज्योसोमको विकास कृषि उत्पादन र त्यससँगै ग्रामीण पर्यटन विकासलाई जोडेर हेर्न सकिन्छ । ”

पर्यटन विकासका लागि वन, जडीबुटी, माछा संरक्षणको नीतिसमेत गाउँपालिकाले अगाडि सारेको छ । अध्यक्ष सिङ्तानका अनुसार ठोस्ने खोलाको असला माछाका पारखी काठमाडौँमा धेरै छन् । उच्च पहाडी क्षेत्रमा उत्पादन भएको प्राङ्गारिक तरकारी, फलफूल र रमणीय ग्रामीण बस्ती, जनजीवनले पनि पर्यटक आकर्षित गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “त्यसैले हामीले प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाको संरक्षण नीति लिएका छौँ । ठोस्ने खोलालाई माछा पकेट क्षेत्रका रूपमा असला माछा सरक्षण नीति लिइएको छ । ” उहाँका अनुसार लेकाली मकै र कोदोको ढिँडोका साथै स्थानीय उत्पादन र स्वादका लागि कोन्ज्योसोम राजधानी काठमाडौँबाट नजिकको गन्तव्य हुन सक्छ । एक÷दुई दिने घुमघामका लागि आउने पर्यटकका लागि बसोबासको व्यवस्था गर्न पाँचवटै वडामा घरबास तालिम सञ्चालन गर्ने तयारी गाउँपालिको छ । अध्यक्ष सिङ्तान भन्नुहुन्छ, “होटल, रिसोर्ट पनि छन् । घरबासमा बस्न चाहनेलाई गाउँमा राख्न सकिन्छ । ”

नल्लुमा स्थापित पाथीभरा देवीको मन्दिर, दलचोकी माई, गुप्तेश्वर महादेव, काम्लेचौर रङ्गशाला, ध्याब्रिङ सेरेप घुप्तेन छोइलिङ गुम्बा, शङ्खुको कृष्ण प्रणामी मन्दिर, बालेश्वर महादेवजस्ता धार्मिक स्थलले पनि पर्यटकलाई आकर्षित गरिरहेको पर्यटन व्यवसायी वीरेन्द्र खत्री बताउनुहुन्छ । पाथीभरा मन्दिर मूल समितिका अध्यक्ष गणेशबहादुर घलानका अनुसार लगनखेलबाट २१ किलोमिटरको दूरीमा रहेको पाथीभरा मन्दिरका साथै धार्मिक पर्यटनका लागि समेत कोन्ज्योसोम आकर्षण बन्न सक्ने छ । नल्लु पाथीभरामा शनिबार, सोमबार र मङ्गलबार राजधानीबाट पर्यटक आउने गरेको र मन्दिर क्षेत्रको विकासमा भक्तजनबाट प्राप्त दानबाट नै काम भइरहेको पुजारी भवनाथ घिमिरे बताउनुहुन्छ ।

नेपाल मण्डल पर्यटन नगरीका महासचिव पदम श्रेष्ठका अनुसार कोन्ज्योसोमको खङ्शु, बज्रबाराहीको लेलेजस्ता स्थानमा काठमाडौँ उपत्यकाभन्दा पहिला मानव बस्तीको विकास भएको हो । त्यस्ता ऐतिहासिक स्थलको खोज र अध्ययन गरी पर्यटन विकासमा जोड्नुपर्ने धारणा उहाँको छ । वर्षमा एक लाख पर्यटक भिœयाउने महŒवाकाङ्क्षी योजना राखेको गाउँपालिकाले बाइकिङ, साइक्लिङ र हाइकिङका लागि उपयुक्त रहेको कोन्ज्योसोममा पदमार्गको विकास र सडक सुधारका कामसमेत गरिरहेको अध्यक्ष सिङ्तान बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter