• Thursday, June 12, 2025

चीनमा फलफूल निर्यात गरिने

काठमाडौँ, असोज २७ गते । नेपाल सरकारले नेपालमा उत्पादन हुने जुनार र सुुन्तलाजन्य फलफूल चीन निर्यात गर्ने भएको छ ।

नेपाल र चीनबीच आइतबार भएको २० बुँदे सम्झौताअनुसार जुनार र सुन्तलाजन्य फलफूललाई नेपालले स्वच्छताको प्रमाणपत्र दिएपछि चीन निर्यात गर्न सकिन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा.युवकद्धज जिसीका अनुसार नेपालमा जुनार तथा सुन्तलाजन्य फलफूलको ‘कोल्ड ट्रिटमेन्ट’ गरेर क्वारेन्टाइनलले प्रमाणपत्र जारी गरेपछि चीन निर्यात गर्न सकिने भएको छ ।

पहिला अलि झन्झिटिलो थियो । चीनको क्वारेन्टाइनले नेपालको जुनार र सुन्तालालाई स्वच्छ मानिरहेको थिएन ।

अब नेपालले दिने प्रमाणपत्रको आधारमा स्वीकृत दिने भएको छ, सचिव जिसीले बताउनुभयो । उहाँले जुनार र सुन्तला निर्यातका लागि सिन्धुली र रामेछापलाई लक्षित गरेको बताउनुभयो । चीन निर्यात गर्ने गरी उत्पादन छैन तर अब निर्यातको ढोका खुलेपछि उत्पादनमा जोड दिने सचिव जिसीले बताउनुभयो ।

आर्थिक वर्ष २०७३÷०७४ देखि जुनार सुपर जोन लागू भएपछि जुनार खेती गर्नेको सङ्ख्या बढेको छ । यी जातका अमिलो फलफूल सिट्रस वर्गमा पर्छ । यसको उत्पादन विशेष गरी रामेछाप सिन्धुली, धनकुटा, बैतडी, डोटी, डडेलधुरा, ओखलढुङ्गा, लम्जुङ, पाल्पालगायतका जिल्लामा हुन्छ । कागती, सुन्तला र जुनारजन्य फलफूलको बीमा हुन थालेपछि किसानले केही राहत पाएका छन् । कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलका अनुसार जुनार सुन्तलाजन्य फलफूलको खेती ४४ हजार ४२४ हेक्टरमा हुन्छ । त्यसमध्ये २५ हजार ९२४ हेक्टरमा मात्र उत्पादन हुन्छ । यो प्रतिहेक्टर साढे नौ मेट्रिक टन उत्पादन हुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter