• Saturday, May 24, 2025

गलत कुरा समाजमा स्थापित हुन सक्दैनः सञ्चारमन्त्री बाँस्कोटा

बनेपा, कातिक २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकमा विधिको शासन स्थापित गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी काभे्र जिल्ला कमिटीको सपथ ग्रहण तथा पहिलो बैठकमा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले गलत कुरा समाजमा स्थापित हुन नसक्ने बताउनुभयो ।

‘गलत कुरा समाजमा स्थापित हुन सक्दैन, म दोहो¥याउन चाहन्छु कोही भ्रममा पर्नुपदैन, हामी विधिको शासन स्थापित गछौँ ।’ उहाँले कम्युनिष्ट पार्टीले निर्माण गरेको सरकार भएकाले कानुनी राज स्थापित भएको बताउनुभयो ।

‘यो कानुनी राजभित्र कसैले उन्मुक्ति पाउँदैन । हिजो सभामुखको केस आउँदा उहाँहरुले कानुनी राज्य देख्नुभयो तर आज २२ जना मान्छेलाई जिउँदै भट्टामा हालेर जलाएको आरोपमा सरकारले गिरफ्तारी गर्दा राज्य संयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन कायम भएन भनेर प्रश्न उठाउन मिल्छ?’ उहाँले प्रश्न गर्नुभयो ।

कार्यक्रममा नेकपा प्रदेश नं ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला कमिटीमा मनोनित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुभयो । प्रदेश नं ३ का १३ वटै जिल्ला कमिटीले पूर्णता पाएकाले अब स्थानीय तह, वडा तहमा संगठन विस्तारमा लाग्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा सहइन्चार्जत्रय हितमान शाक्य, हितमान तामाङ र काशिनाथ अधिकारी, प्रदेश नं ३ अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल लगायतले कमिटी पूर्णतासँगै एकताबद्ध भएर तल्लो तहसम्म संगठन विस्तारमा लाग्न निर्देशन दिनुभयो ।

नेकपा काभे्रमा १२६ जनाको सपथ ग्रहण भएको जिल्ला कमिटी अध्यक्ष रुकु चौँलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालिन नेकपा एमालेबाट ६३ र माओवादीबाट ६३ चयन भएका छन् । जिल्ला सचिव टोकबहादुर वाइवाका अनुसार एमालेका तर्फबाट ७८ र माओबादीबाट ६८ सदस्य छनौट गर्ने प्रावधान रहेकाले आउँदा दिनमा रिक्त पद थपिनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter