• Monday, June 16, 2025

अदालतले महरालाई भन्याे, डीएनए टेष्ट गर्न दिनाेस्

काठमाडौं, कात्तिक ७ गते । पूर्वसभामुख कृष्णबहादुर महरालाईको डीएनए टेस्ट गर्न दिन जिल्ला अदालत काठमाडौले आदेश थिएको छ । यस अघि प्रहरीले डीएनए टेस्ट लगायतका अनुसन्धान प्रक्रिया पूरा नभएको भनि म्याद थप गर्न माग भएको थियो । सोही अनुसार अदालतले पाँच दिन थप थुनामा राखी अनुसन्धान गर्न अादेश दिएकाे थियाे ।

तर पूर्व सभामुख महराले डीएनए टेस्ट गर्न इन्कार गरेका कारण अनुसन्धा पूरा हुन नसके पछि यस पटक पटक प्रहरीले अभियुक्तलाई डीएनए टेस्ट गर्न दिन आदेश गरी पाउँ भन्ने निवेदन दिएको थियो ।

काठमाडौ जिल्ला अदालतका रजिष्टार आनन्दकुमार श्रेष्ठले यस पटक प्रहरीले डीएनए टेस्टको आदेश गरी पाउँ भनि निवेदन गरे अनुसार अभियुक्तलाई डीएनए टेस्ट गर्न दिनु भन्ने आदेश भएको बताउनुभयो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उहाँलाई थप सात दिन थुनामा राख्न तथा डीएनए टेस्ट गर्न आदेश दिएको हो ।

रजिष्टार श्रेष्ठले दीपावलीको विदा समेत परेको र डीएनए समेट टेस्ट गर्नु पर्ने भएकाले थप सात दिनको म्याद दिइएको बताउनुभयो । आदेश अनुसार पूर्व सभामूख महराले अब अब डीएनए टेस्ट गर्न दिनु पर्ने बाध्यकारी हुन्छ ।

संसद सचिवायलकी एक कर्मचारी माथि यौन दुव्र्यबहार भएको आरोपमा प्रहरी हिरासतमा रहनु भएका महरालाई प्रहरीले अनुसन्धान नसकिएको भन्दै पुनः म्याद थपको माग गरेको थियो ।

जिल्ला अदालतले पहिलो पटक १३ दिन र दोस्रो पटक पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा यस पटक सात दिनको म्याद दिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter