• Monday, June 16, 2025

विदेश छोडेर फूल खेतीमा रमाउँदै युवा

अमरराज नहकी / तनहुँ, कात्तिक ८ गते । वैदेशिक रोजगारी छोडेर तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका ६ जना युवा मिलेर पूmल खेती गरेका छन् । उनीहरुको फूलको माग बढेकाले उनीहरु खुसी भएका छन् । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै भारतीय फूल निरुत्साहित गर्न थालेकाले फूल विक्री गर्न सहज भएको उनीहरुको भनाइ छ ।

फूल खेती गर्ने युवामा सूर्यकुमार श्रेष्ठ, केशवराज श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भरतसिंह ठकुरी, उज्ज्वल श्रेष्ठ, राजु श्रेष्ठ, हेमबहादुर सिंह ठकुरीले गाउँकै ६ रोपनी जग्गा भाडामा लिएर फूल खेती गर्नु भएको हो । कुनै समय करेसा र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यवसायिक रुपमा लगाउन थालिएको हो ।

भारतीय फूलले नेपाली रकम विदेशिएको र श्रम र सीप स्वदेशीमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेर फूल खेती शुरुवात गरिएको सूर्यकुमार श्रेष्ठले जानकारी दिनुभयो । विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग बढ्न थालेपछि व्यवसायिक रुपमा फूल खेती फुलको अत्याधिक खपत हुने पर्व तिहार नजिकिएसँगै उनीहरुमा उत्साह थपिएको छ ।

दुबईमा ६ वर्ष विताएपछि नयाँ काम गर्ने सीपको प्रयोग गरियो भने स्वदेशमै त्यो भन्दा धेरै कमाई गर्न सकिन्छ भन्ने लागेर शुरुवात गरिएको श्रेष्ठ बताउनुहुन्छ । वडाले ४ दिनसम्म दिएको फूल खेतीको तालिम लिएपछि थप हौसला मिलेर काम गर्न सुरु गरेको उहाँ बताउनुहुन्छ । विदेशमा पैसा त हुन्छ तर अर्काको इसारामा काम गर्नुपर्छ केशव श्रेष्ठले भन्नुहुन्छ – ‘दक्षिण कोरियामा ५ वर्ष बसेको जानकारी दिँदै विदेशको दुःख सम्झेर स्वदेशमै केही गर्नुपर्छ भनेर फूल खेती सुरु गरेको बताउनुभयो ।

कोरियाको ठाउँ निकै मेहनत गर्नु पर्ने यतिको गरे आफ्नै ठाँउमा पनि राम्रो व्यवसाय गर्न सकिन्छ भनेर कोरियाको थप ५ वर्षको भिसा क्यान्सिल गरेर साथीहरुसँग काम सुरु गरेको उहाँले बताउनुभयो । श्रेष्ठले युवा बेरोजगार भएर बस्नुभन्दा नेपालमा नै केही गरे आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण दिन यो पेसा सुरु गरेको जानकारी दिनुभयो ।

मिलेर काम गरौं भनेर एक लाख लगानीमा फूलको व्यवसायिक खेती गरेको उनीहरुको भनाइ छ । मुनाफा भएको रकमले अझंै धेरै जग्गा भाडामा लिएर व्यवसायलाई अगाडि बढाउने सोच उनीहरुको छ ।

सुरुमा चितवनबाट ६० हजार रुपैयाँमा ५ हजार तिहारे फूलको विरुवा ल्याएर उनीहरुले पेसा सुरु गरेका हुन् । एकवटा विरुवाको झण्डै ३० रुपैयाँ पर्न जाने हुँदा आगामी वर्षमा विरुवा समेत उत्पादन गरेर सस्तोमा विक्री वितरण गर्ने योजना रहेको समेत उनीहरुको भनाइ छ । फूल विक्री गरेर लगानी उठिसकेको र अब दोब्बर मुनाफा हुने अपेक्षा गरिएको छ । अनुभव लिन थोरै रोपनी जग्गामा खेती गरिएको माग राम्रो भएकाले विस्तार गर्ने सोचाई आएको हेमबहादुरसिंह ठकुरी बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter