एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना, प्रशिक्षक पनि कारबाहीमा

इश्वरचन्द्र झा / काठमाडौं, कात्तिक ८ गते । एशियन फुटबल फेडेरेशन(एएफसी)ले अखिल नेपाल फुटबल संघलाई ३५ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एएफसीले मुख्य प्रशिक्षक विष्णु गुरुङमाथि एक हजार अमेरिकी डलरको जरिवाना तोकेको छ ।

मलेसियाको क्वालालाम्पुरमा एएफसीको अनुशासन तथा आचारसंहिता समितिको मंगलबार र बुधबार बसेको बैठकले नेपाललाई उक्त राशी बराबरको जरिवाना तोकेको हो । एएफसीले मापदण्ड नपुर्याई क्लबहररूलाई अनुमति वितरण गरेको भन्दै एन्फामाथि ३५ हजार डलरको जरिवाना गरेको छ । एएफसी कप २०१९ मा नेपालले अनियमित तवरले अनुमति वितरण गरेको एएफसी अनुशासन समितिको तर्क छ ।

ऐन बमोजिम नेपालले जरिवाना वापतको रुपियाँ दुईवर्षभित्र जमा नगरे निलम्बन हुँदै प्रतिबन्ध सम्म लाग्न सक्ने एएफसीको निर्णयमा सचेत गराइएको छ । पछिल्लो सिजनमा मनाङ मस्र्याङ्दी क्लबले लिग च्याम्पियनको हैसियतमा नेपालको प्रतिनिधित्व गरी एएफसी कप २०१९ खेलेको थियो । समूह चरणबाटै बाहिरिएको मनाङलाई एन्फाले मापदण्ड विपरित खेल्न मान्यता दिएको एएफसीले ठहर गरेको छ ।

मान्यता पाउन आफ्नै मैदान, एकेड्मी, प्रवक्ता लगायतको व्यवस्था गरिएको छ ।

त्यसैगरी, एएफसीले एएफसी फुटसल च्याम्पियनशिप २०२० को छनोट खेलको ताजिकिस्तान विरुद्धको खेलमा प्रशिक्षक विष्णु गुरुङले अनुशासन उल्लंघन गरेकोमा एक हजार अमेरिकी डलरको जरिवाना तोकेको छ । उहाँमाथि एक खेलको लागि निलम्बन गरिएको एएफसीले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter