उपभोक्ताको उजुरी सुन्ने एप सार्वजनिक

काठमाडौँ, कात्तिक ८ गते । के तपाईलाई आफूले प्रयोग गरेको सेवाको गुनासो कसरी गर्ने भनेर सोच्दै हुनुहुन्छ ? त्यसो हो भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयले उपभोक्ताको गुनासो सुन्ने एप सार्वजनिक गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार एप सार्वजनिक गरेको हो । सो एप प्रयोग गर्ने तपाईले कन्जुमर कम्प्लेन एप ‘उपभोक्ता गुनासो एप’ एप स्टोरबाट डाउनलोड गर्न सक्नु हुनेछ ।

उपभोक्ताहरुलाई आफ्नो अधिकार संरक्षणका लागि जागरुक बनाउ, विभागले उपभोक्ताको अधिकार र संरक्षणको कार्यमा सक्रिय पारदर्शी र जिम्मेबार बनाउन एप सार्वजनिक गरेको हो ।

व्यवसायीलाई उपभोक्तामुखी बन्न तथा स्वच्छ र प्रतिस्पर्धी बजार बनाउन योगदान गर्ने उदेश्यले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्री मातृकाप्रसाद यादवले एपको शुभारम्भ गर्नु भएको हो ।

उपभोक्ताले आफ्नो मोबाइलमा गुनासो गर्ने प्रविधीको लागि एपको प्रयोग गर्न सकिने विभागले जनाएको छ । तर त्यसको लागि मोबाइलमा एप डाउनलोड गर्ने अथवा आफ्नो मोबाइलबाट एसएमएस गर्न सकिनेछ । सोही गुनासोको आधारमा त्यसको वास्तविकता बुझेर विभागले कारवाही गर्ने प्रकृया अघि बढाउने छ ।

जति धेरै गुनासो त्यतिनै धेरै सक्रियता हुने भएकाले उपभोक्ताको गुनासोका आधारमा व्यवसायीको व्यवसायिक क्रियाकलाप र बजार स्वस्च्छ तथा उपभोक्तामुखी बन्दै जाने विश्वास विभागले गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter