• Saturday, May 31, 2025

जनता बैंक र ग्लोबल आइएमई मर्जर हुँदै; मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्ने

काठमाडौ, कात्तिक ८ गते । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । आज यहाँ आयोजित एक समारोहबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् एकीकृत कारोवार शुरु गर्नेछन् । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट पाँच जना र जनताको तर्फबाट दुई जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सिइओ महेश शर्मा ढकाल, वरिष्ठ डेपुटी सिइओ हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ ।

संयुक्त बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १२ अर्ब र कूल कर्जा लगानी दुई खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल ३०० भन्दा बढी र ३ हजार २५० भन्दा बढी कर्मचारी रहने छन् ।

उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी दुबै बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा सञ्जाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दुवै बैंकको वार्षिक साधारणसभा सम्पन्न गरी संयुक्त कारोवार शुरु गरिने जानकारी दिनुभयो । ग्लोबल आइएमई बैंक मर्जरमा सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि १७ वटा विभिन्न वित्तीय संस्थासँग मर्ज गरी हाल जनता बैंकसँग अठारौँ मर्ज गरेको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान हो भन्नुभयो ।

सो अवसरमा जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीतिबमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जर गरिएको बताउनुभयो । उहाँले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुङ्गो लागिसकेकाले चाँडै संयुक्त कारोवार हुने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter