अमलेखगन्ज चितवन ग्यास पाइपलाइन सर्भे शुभारम्भ

शिवशंकर मिश्र, बारा, कात्तिक १० गते । बारा, कातिक ९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सरकारले भारतको मोतिहारी देखि बाराको अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म ग्यास तथा पाइपलाइन परियोजनाको शुभारम्भ गरेको घोषणा गरेको बताउनुभएको छ ।

ग्यास तथा पेट्रोलियम पाइपलाइन परियोजनाको शनिबार एक कार्यक्रमका बीच अमलेखगन्जमा शिलान्यास गर्नुहुँदै मन्त्री यादवले भाषण गर्नु भन्दा पनि काममा बढी विश्वास गर्ने हुँदा तोकिएको समय अवधिभित्र परियोजना सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण पछि ईन्धन तथा ग्यासको आयात थप सहज हुने भएको छ ।

भारत सरकारको सहयोगमा मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न भई पाईपलाईन मार्फत् शत प्रतिशत शुद्ध तथा गुणस्तरीय डिजेल नेपालमा आयात समेत भईरहेको उहाँले उदाहरण दिनुभयो ।

नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म विस्तार गर्न लागिएको तथा मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यास पाइपलाइन पनि निर्माण गर्न लागिएको छ ।

उक्त योजनाका लागि सर्भे गर्ने कामको सुरुवात भई सकेको आज औपचारिक कार्यक्रम मात्र भएको मन्त्री यादवले बताउनु भयो । लोथरमा एलपिजी ग्यास भण्डारण गर्ने ठाउँ मुलुकको बीच केन्द्रमा रहेकाले आउने दिनमा देशैभरी त्यहाँबाट अन्य ठाउँसम्म पाईपलाईनबाटै लैजान सहज हुने भएकाले पनि निर्माणको भण्डारण केन्द्र राखिएको योजना रहेको उहाँले बताउनुभयो ।

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटर रहेको छ । एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने निगमले जनाएको छ ।

पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २ सय ९० किलोलिटर ढुवानी गर्न सकिन्छ भने करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी गर्न सकिने आयल निगमले जनाएको छ । लोथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको टयांक निर्माण गरिने आयल निगमले जनाएको छ ।

त्यसैगरी, पेट्रोलियम पाइपलाइन निर्माणका लागि ५ अर्ब ६७ करोड र भण्डारण क्षेत्रमा निर्माणका लागि ४ अर्ब १९ करोड गरी ९ अर्ब ८६ करोड खर्च हुने आयल निगमले जनाएको छ । यता लोथरसम्म पाईपलाईन विस्तार र भण्डारणका लागि १५ अर्ब लाग्ने नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयल निगमका नायव कार्यकारी निर्देशक ईन्जिनियर शुशिल भट्टराई, निर्देशक वीरेन्द्र गोईत, आयल निगम अमलेखगन्जका प्रबन्धक प्रदिप यादव, ईण्डियन आयल कर्पोरेशनका परियोजना प्रमुख रमेश चौधरी, परियोजनाका निर्माण प्रबन्धक ईन्जिनियर हरिशकुमार सुमन, पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघका मनोज दास लगायतले मन्तव्य दिनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter