• Monday, June 16, 2025

छिमेकी चीनको राजधानी वेइजिंग सिधा हवाई सम्पर्कमा जोडियो

काठमाडौं, कात्तिक १० गते । हिमालय एयरलायन्सले काठमाडौं–वेइजिङका लागि आफ्नो पहिलो उडान भरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन हुने गरी भ्रमण वर्षको पूर्वसन्ध्यामा नियमित उडान सुरु गरिएको जनाइएको छ । उत्तरी छिमेकी राष्ट्र चीनको राजधानी वेइजिङसित काठमाडौं हवाई माध्यमले पहिलोपटक जोडिन पुगेको छ ।

त्रिभुवन विमानस्थलबाट बिहान ८ बजेर ३० मिनेटमा उडान भरेको हिमालय एयरलायन्सको ६६५ विमान वेइजिङको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चार बजेर १० मिनेटमा अवतरण गर्नेछ । काठमाडौंमा पूर्व उडान उद्घाटन समारोहपछि उडान सेवा सुरु गरिएको छ । सोही अवसरमा साताको तीनपटक काठमाडौंबाट चीनको राजधानी वेइजिङ उडान भर्न नयाँ तालिका समेत सार्वजनिक गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आतिथ्यतामा भएको समारोहमा नेपालका लागि चिनीयाँ राजदूत होउ याङची, मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको सहभागिता रहेको थियो । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल सरकारले पाँच लाख चिनीयाँ पर्यटक भित्र्याउन लिएको लक्ष्य प्राप्त गर्न सिधा हवाइ सम्पर्कले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

हिमालय एयरलायन्सका अध्यक्ष झोउ इन्योङले दुई राजधानीबीच सिधा हवाई सेवा सुरु भएपछि उत्तरी चीनबाट नेपाल आउने पर्यटकलाई जोड्ने विश्वास ब्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter