• Monday, June 16, 2025

राष्ट्रपति, प्रधानमन्त्री तथा पूर्व राजाद्वारा टीका ग्रहण; दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर टीका लगाउँदै

राष्ट्रपतिले लगाइदिइन् आफ्ना भाइलाई सप्तरङ्गी टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छन् ।

चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन् । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिएका थिए।

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् ।

प्रधानमन्त्रीले चार बहिनीको हातबाट लगाए भाईटीका


प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाईटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाईटीका लगाई दिएका हुन् ।

भाईटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि १ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाईटीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाईमसाला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिएका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनीकाे हातबाट लगाए भाईटीका

पूर्व राजा ज्ञानेन्द्र शाहले भाईटीका लगाएका छन् । पूर्व राजा शाहले मंगलबार विहान १० बजेर ५१ मिनेटमा बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरे ।

उनले भाईटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भएपनि त्यस अघि नै टिका लगाएका छन् । पूर्वराजा शाह भाईटीका लगाउन बहिनी शोभाको घर कमलादी पुगेका थिए ।

दिदीबहिनी नहुनेहरुले रानीपोखरीमा पुगेर टीका लगाउँदै

दिदीबहिनी नहुनेहरुले काठमाडौंको रानीपोखरीमा पुगेर टीका लगाइरहेका छन् । रानी पोखरीकोबीच भागमा रहेका बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले सो मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाईटीकाको दिन दिदीबहिनी नभएकाहरुले टिका लगाईरहेका छन् ।

मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाईटीका लगाउने व्यवस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मिलाएको छ ।

बिहान ७ बजेबाट सुरु गरिएको भाईटीका बेलुका साँढे सात बजेसम्म लगाउने मिल्ने व्यवस्था गरिएको छ । दिदीबहिनी नभएकाहरुले सो मन्दिरमा पुगेर भाईटीका लगाउने परम्परालाई हालसम्म पनि निरन्तरता दिइएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter