• Monday, June 16, 2025

तराईमा छठको रौनक, पाक्न थाले ठेकुवा, सजिदै जलाशय

शिवशंङ्कर मिश्र, बारा, कात्तिक १२ गते । तिहार सकिए लगतै मध्यतराईका बजारमा छठको रौनक शुरु भएको छ ।

ठेकुवा तथा प्रसाद बनाउन पवित्र तथा शुद्ध माटोको चुल्हो बनाउन महिलाले माटो ल्याउन थालेका छन् । छठ ब्रत्तको लागि पकाइने ठेकुवा, प्रसाद तथा चोखो खाना बनाउन माटोको नयाँ चुल्हो बनाउने परम्परा रहेको छ ।

छठ पर्वका लागि बाराको कलैयास्थित रामजानकी मन्दिर, सिद्धेश्वर पोखरी, महागढीमाईको पोखरी, सिम्रौनगढको इसरा पोखरी, गन्जभवानीपुरको रामजानकी पोखरी, आर्दशच्युटाहाका पोखरी, बारागढी लगायतका ठाँउमा रहेका पोखरीहरुमा सजावटको कार्य तिब्ररुपले भईरहेको छ ।

यस्तै जिल्लाको ग्रामिण भेगमापनि छठ पूजाको तयारी जोडतोडले अगाडि बढेको छ । ग्रामीण क्षेत्रमा रहेका नदी, पोखरी तथा तलाउका छठघाटको सरसफाइ र सजावटको काम भइरहेको छ । हिन्दुहरुको धार्मिक ग्रन्थ महाभारत अनुसार द्रौपतिसहित पाण्डवहरूले अज्ञात बासमा रहँदा सो गुप्तबास सफलहोस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने सत्तीअनुसुईयाले यो पहिलो पटक पर्व मनाएपछि यसको परम्पराको थालनी शुरु भएको कथन सूर्य पुराणमा उल्लेख छ ।

छठ ब्रत्तको प्रभावले यसरी पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस्भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

यता, हिन्दुहरूको महान पर्व छठको लागि जिल्लाका ग्रामीण भेगबाट किनमेल गर्न आउने ग्राहकको भीडका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । कलैयाको मुख्य बजार भरत चोक, पुरानो खसी बजार चोकहरुको सडकमा मोटरसाईकल, साईकल र चारपांग्रे सवारी–साधनको पार्किङ्गको व्यवस्था नभएको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।

दिनहुँ हुने ट्राफिक जामका कारण किनमेलका लागि आउने सर्वसाधारणहरुलाई सास्ती हुने गरेको छ । छठ पर्वमा सामान किन्न साईकल, मोटरसाईकल मार्फत कलैया आउने सर्वसाधारणको भिडभाडका कारण मिण्टौसम्म ट्राफिक जाममा फस्ने गरेकाले कलैया निवासी श्याम महतोले बताउनु भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter