• Monday, April 14, 2025

१३ औं सागको भव्य उद्घाटन

काठमाडौं, मङ्सिर १५ गते । १३ औं दक्षिण एसियाली खेलकुद(साग)को आज एक समारोहबीच उद्घाटन गरियाे। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्नुभएकाे थियाे ।

सो अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा पूर्व प्रधानमन्त्रीहरू लगायतका उच्च अधिकारीको उपस्थिति रहेको थियो । उद्घाटन सागको अन्य संस्करणभन्दा पृथक, भब्य हुने छ । साग खेलको पूर्वसन्ध्यामा चारवर्ष लगाएर पुनर्निमाण गरिएको दशरथ रङ्गशाला आकर्षक एवम् मनमोहक बनाइएको छ ।

औपचारिक उद्घाटन अगाडि सातै देशका सहभागी खेलाडीहरूले मार्च पास्ट गरेका थिए ।

दशरथ रङ्गशालाको बाहिरि तथा भित्री दृश्यले अन्तर्राष्ट्रिय रङ्गशालाको स्वरुप ग्रहण गरिसकेको छ । उद्घाटन समारोहमा रङ्गशाला सजिव देखिएको थियो विद्युतीय सजावटले बाहिरि आकर्षण थप्दा भित्र हुने कार्यक्रमले सागलाई अन्य संस्करणभन्दा पृथक बनाएको थियो

उद्घाटन समारोह तीन घण्टा १४ मिनेट चल्ने तय भएको छ । समारोहमा हिमाल, पहाड, तराई–मधेशको झाँकी, भेषभूषा समेटिएको नेपालको विविधतापूर्ण संस्कृतिको झल्को दिइएको थियो उद्घाटन समारोहमा १५ हजार दर्शक रङ्गशाला भित्र रहने अनुमान गरिएको छ । भित्र उद्घाटन समारोह चलिरहँदा बाहिरको वातावरण समेत ‘साग’मय बनाउन राष्ट्रिय खेलकुद परिषद्ले २५ स्थानमा ठूला स्क्रिनमा भित्रको गतिविधिको प्रत्यक्ष प्रसारणको व्यबस्था मिलाएको छ समारोहमा सहभागी सातवटै देशका खेलाडीले मार्चपास गर्नेछन् ।

विकेन्द्रित ‘साग’

नेपालले तेस्रोपटक दक्षिण एसियाली खेलकुदको आयोजना गरिरहँदा पहिलोपटक अन्तर्राष्ट्रिय समारोह विकेन्द्रित गरी देशको तीनवटा भू भागमा हुँदैछ । काठमाडौं, ललितपुर, पोखरा र जनकपुरधाममा तेह्रौं सागका खेलहरु हुने तय गरिएको छ । आर्चरी, महिला क्रिकेट, ब्याडमिन्टन, महिला फुटबल, हयाण्ड बल, बीच भलिबल र भारत्तोलन गरी सात विधाका खेल पोखरामा हुनेछन् ।

त्यसैगरी कुस्तीका सबै स्पर्धा जनकपुरधामस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछन् । सदस्य सचिव सिलवाल भन्नुहुन्छ, “सिंगो देशलाई एकताको सूत्रमा बाँध्न र तराई मधेशले पनि ठूलो उत्सवको अपनत्व दिन सागलाई विकेन्द्रित गरेका छौं ।” यद्दपी साग खेलहरु काठमाडौं बाहिर पनि भइरहँदा यसले दीर्घकालीन रुपमा खेलकुदको पूर्वाधार र खेलाडी उत्पादनमा समेत महत्वपूर्ण हुने देखिन्छ । उपत्यका बाहिर साग खेल हुने पोखरा र जनकपुुरधाममा खेल प्रशंसक एवम् खेलाडीमा ऊर्जा र उत्साह थपिएको छ । जनकपुरधामका एकजना शिक्षक रबिन्द्र चौधरी भन्छन्, “आगामी दिनमा पूर्वाधार एवम् संरचना निर्माण गर्न दबाब तीनै तहको सरकारमाथि हुनेछ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारी संरचना निर्माण र खेलाडी उत्पादनका लागि अझै बढी रहनेछन् ।”

तेह्रौं सागमा सहभागिता

सागको तेह्रौं संस्करणमा सबैभन्दा बढी खेलाडी सहभागी हुने राष्ट्र नेपाल हो । नेपालका ५९६ खेलाडी सागको २८ वटै विधामा सहभागी भइरहेको छ । भौगोलिक र जनसांख्यिक हिसाबले समेत सानो रहेको भूटानले सबैभन्दा कम ११६ खेलाडीको टोली सागमा उतारेको छ । नेपालपछि श्रीलङ्काको ५६४ जना खेलाडी सहभागी छन् । भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सका २१६ खेलाडी सहभागी हुनेछन् । विदेशी खेलाडीहरु लगभग आइसकेका छन् । र केही आउनेक्रममा छन् । सागमा कुल दुई हजार ७१५ खेलाडी एक हजार एक सय ३५ पदकका लागि स्पर्धा गर्दैछन् । भारतको सिलोङ्गमा सम्पन्न १२ औं सागमा भने ७६४ पदकका लागि दुई हजार ६७२ खेलाडी सहभागी थिए । उक्त संस्करणमा २२८ स्वर्ण, २२८ रजत र ३०८ कास्य पदकका लागि होड भएको थियो । यसपटक भने खेलसंख्या पनि २२ बाट बढाएर २८ पुर्याइएको छ । कुल २२६ स्पर्धा भएको थियो । भारतले १३ औं सागको मुख्य ‘इभेन्ट्स’मा आफ्नो सहभागिताबाट हात झिक्दा समग्र समारोहकै आकर्षण नै कम त हुने हैन प्रश्नको जवाबमा सदस्य सचिव सिलवाल भन्नुहुन्छ, “दक्षिण एसियाका अधिकांश राष्ट्र वरियतामा थोरै मात्रै तल माथि छ, भारत र पाकिस्तान नआए पनि सागको महत्व र आकर्षणमा कमी आउन्न ।” भारत र पाकिस्तानले फुटबलमा सहभागीता जनाएको छैन् । पाकिस्तान क्रिकेटमा सहभागी भए पनि भारतीय खेलाडी सहभागी हुने छैनन् । फुटबल र क्रिकेट दर्शक

नेपालको अपेक्षा र विगत्

घरेलु मैदानमा भइरहेको तेह्रौं सागमा नेपालले अब्बल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । सदस्य सचिव सिलवाल भन्नुहुन्छ, “लक्ष्य ५० स्वर्ण हो, भारत्तोलन, कुस्ती, कराँते, खो खो जस्ता विधामा जोड घटाउ गर्दा त्यत्ति पुग्छ ।”

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter