• Monday, April 14, 2025

साइबर अपराध अहिलेको प्रमुख चुनौती – प्रहरी महानिरीक्षक

काठमाडौ, मंङ्सिर १५ गते । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताउनुभएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उहाँले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराउनुभयो ।

“सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोगजस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय छ, प्रविधिजन्य अपराध अनुसन्धानमा प्रहरी सक्षम बन्दै पनि गएको छ”, खनालले भन्नुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीसँग आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा उहाँले राज्यको अग्रपङ्क्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण प्रमुख जिम्मेवारी भएको बताउनुभयो । अपराध नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्दै खनालले सीमित साधन स्रोत तथा जनशक्तिका बीच प्रहरीले काम गरिरहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter