• Tuesday, June 10, 2025

सागले दक्षिण एसियामा एकता र मित्रता अभिवृद्धि गर्ने अपेक्षा : प्रम; नेपाललाई ५१ स्वर्ण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकूद (साग) सफल र ऐतिहासिक भएको बताएका छन् ।

सागको समापन समारोहको अवसरमा मंगलबार एक भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसपटकको सागमा खेलाडीको सहभागिता र पदकको हिसावले पनि नेपाललाई ऐतिहासिक सफलता मिलेको भन्दै सुखी व्यक्त गरे ।

‘सागमा पदकहरु यसवर्ष देशमै पहिलेभन्दा धेरै राखिएका छन् । समग्रतामा भन्दा साग सफल र ऐतिहासिक रुपमा सम्पन्न भएको छ’, ओलीले भने, ‘सागले दक्षिण एसियाली देश र जनताहरुबीचमा एकता, मित्रता अभिवृद्धि गरेको छ ।’

साग सफलतापूर्वक सम्पन्न भएकोमा संलग्न सबै पक्षलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘काठमाडौँ, पोखरा र जनकपुरबाट खेल सञ्चालन गर्नु र समग्र सागको सुखद समापनमा आइपुग्नु ज्यादै खुसीको कुरा हो । यस सन्दर्शमा यस सफलताका लागि योगदान दिनुहुने नेपाल लगायत सबै सहभागी देशका सरकार र खेलक्षेत्रका प्रशिक्षक र खेलाडीलाई धन्यवाद भन्न चाहन्छु ।’

प्रधानमन्त्रीले खेलले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

यस्तै सागमा पदक जित्ने सबै नेपाली खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाइ तथा शुभकामना दिएका छन् ।

यसैबीच प्रधानमन्त्रीले बुधबार पदक विजेता खेलाडीलाई बालुवाटारमा बोलाएका छन् । सो अवसरमा सरकारले खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने बताइएको छ । सागमा नेपालले ५१ स्वर्ण पदक जितेकाे छ ।

फुटबलमा नेपालकाे सानदार विजय, नेपाललाई ५१ स्वर्ण

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा पुृरुष तर्फको फुटबलको फाइनलमा नेपाल विजयी भएको छ ।

खेलका शुरूवातको १६औं मिनेटमा नेपालले भूटान विरुद्ध एक गोल गरेको थियो भने पहिलो हापको अन्त्य तरि भुटानले एक गोल गर्दै खेल बराबरीमा पु¥याएको थियो ।

दोस्रो हापकाे ५३ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

नेपालको यो विजयसँगै नेपालको स्वर्ण पदकको संख्या ५१ पुगेको छ । भारतले १७४ वटा स्वर्ण पदक जित्यो । त्यसैगरी श्रीलंका ४०, पाकिस्तान ३१, बंगलादेश १९, माल्दिभ्स १ स्वर्ण जित्न सफल भए भने भुटानले एउटा पनि स्वर्ण जित्न सकेन् । एउटा मात्र स्वर्ण जित्ने सम्भावनासहित पुरुष फुटबलको फाइनलमा नेपालसँग भिडेको भुटान उपविजेतामा सीमित भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter