• Wednesday, June 11, 2025

आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’

अमरराज नहर्की / चुँदी रम्घा (तनहुँ), मङ्सिर २८ गते । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ शिखर कटेरीमा रामायण भवन निर्माण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण तिब्र पारी भवन निर्माण पूरा गरिएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । भवन निर्माण पूरा भए पनि भवनको भित्तामा रामायणमा भएका श्लोकहरु, रामायणसँग सम्बन्धित तस्बिर कुद्ने काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । करीव तीन करोड रुपैयाँको लागतमा निर्माण कार्य अघि बढाईएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले गोरखापत्रलाई जानकारी दिनुभयो ।

रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको वार्ताली सालको काठको प्रयोग गरी बनाईएको छ भने बाहिरी भागमा ढुङ्गा कुँदिएको छ । रामायण भवनको निर्माणले भानु जन्मस्थललाई साहित्यिक तिर्थस्थलको रुपमा विकास गर्ने कार्यलाई मद्दत पुग्ने अपेक्षा लिईएको भानु नगरपालिकाका प्रमुख उदयराज गौली बताउनुहुन्छ । कलात्मक तरिकाबाट भवन निर्माण गरिएकाले पर्यटकको थप आर्कषण बढ्ने विश्वास नगरपालिकाले लिएको छ ।

दश रोपनी क्षेत्रफलभित्र रामायण भवन, भानुगृह, आवास गृह, चमेना गृह, पुस्ताकालय, शौचालय, पोखरीलगायत बनाउने गुरुयोजना रहेको नगरप्रमुख गौलीले जानकारी दिनुभयो । यस गुरुयोजनाको लागत १६ करोडको रहेको छ ।

नगरप्रमुख गौलीका अनुसार पर्यटकलाई थप आर्कषित गर्न आदिकविको सयफिट अग्लो शालिक निर्माणलगायतको दीर्घकालिन गुरुयोजना निर्माण गरिएको छ । चुँदी रम्घाबेसीदेखि शिखर कटेरीसम्म पुग्ने कच्ची मोटर मार्ग भएकाले आवातजावत गर्न असुविधा भएकोले त्यस क्षेत्रको स्तरउन्नति हुन आवश्यक रहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट बताउनुहुन्छ ।

‘ भानुभक्तको सम्मानको लागि पनि बाटो पक्की हुनुपर्ने हो’ वडाध्यक्ष भाटले भन्नुभयो–‘बाटो राम्रो नहुँदा हिउँद याममा समेत बस सञ्चालनमा ल्याउन सकिंदैन, वर्षायामको त कुरै छोडौं ।’ निमार्ण पूरा भएकाले भवन चाँडै नै उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।

नेपाली भाषा र साहित्यको उत्थान तथा विकासमा आदिकवि भानुभक्तको देन अविस्मरणीय छ । आजसम्म नेपालीले भगवान बुद्ध पछि सबैभन्दा धेरै चिनेको नाम भानुभक्त हो । नेपाली भाषा र साहित्यका प्रथम आदिकवि भानुभक्त वि.स.१९७१ साल असार २९ गते चुँदी रम्घामा जन्मनुभएको हो ।

भानुभक्तका रामायण, भक्तमाला, बधुशिक्षा र प्रश्नोत्तरी जस्ता काव्य कृतिले नेपाली जनजीवनमा नयाँ स्पन्दनको सञ्चार गरेको छ । सबै नेपालीलाई एक सुत्रमा बाँधेर नेपाल र नेपालीको परिचयमा भानुभक्तले गरेको प्रयास उल्लेखनीय मानिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter