• Friday, May 23, 2025

इथियोपियाली विज्ञद्वारा नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययन

काठमाडौँ, मङ्सिर २८ गते । नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ ।

साताव्यापी अध्ययनको क्रममा नेपाल आएको टोलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित परियोजना, विभिन्न प्रविधिहरुको गुणस्तर मापन र नियमनका लागि गठित नवीकरणीय ऊर्जा परीक्षण केन्द्र, नवीकरणीय ऊर्जा कोष परिचान तथा ग्रामीण प्रविधि केन्द्रलगायत विभिन्न गैरसरकारी संस्था र निजी क्षेत्रले गरेका कामहरुका बारेमा पनि अध्ययन गरेको थियो ।

ठूला क्षमताका जलविद्युत्् परियोजनाहरु निर्माण गरेसँगै नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि राम्रो प्रगति हासिल गर्न सफल इथियोपियाली विज्ञ टालीको नेपाल भ्रमणले लगानीका अवसर र ज्ञानको आदानप्रदान गर्न सहयोग पुग्ने नवीकरणीय ऊर्जा परिसङ्घ नेपालका अध्यक्ष गुणराज ढकालले बताउनुभयो ।

छोटो समयमै नेपालले नवीकरणीय ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको र यहाँको नीति, सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रको सहभागिता निकै सह्राहनीय भएको बताउँदै यसबाट आफ्नो देशले धेरै कुरा सिक्न पाएको टोली प्रमुख जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका टेसफाए एलेमाएहुले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष इथियोपियाको आयोजना र नवीकरणीय ऊर्जा परिसङ्घ नेपालको व्यवस्थापनमा आएको अध्ययन टोलीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका तीन र जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका १२ जना गरी १५ जनाको सहभागिता थियो । भ्रमण पूरा गरी अध्ययन टोली शनिवार स्वदेश फर्किएको

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter